सगरमाथाको खुम्बु क्षेत्रमा एकै दिनमा सात सयसम्म पर्यटकको आगमन

Advertisement

काठमाडौं । सगरमाथाको खुम्बु क्षेत्रमा पर्यटकहरुको आगमन बढे्को छ । 

वसन्त ऋतृ सुरु भएसँगै नेपालमा पर्यटकहरुको चहलपहल बढेको छ । सरमाथाको खुम्बु क्षेत्रमा एकै दिनमा ७०० सम्म पर्यटकहरुको पुगिहेका सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामा काजी शेर्पा बताउँछन् ।

Advertisement

अध्यक्ष शेर्पाका अनुसार अहिले खुम्बु क्षेत्रमा पर्यटकहरुको चहलपहल धेरै छ । यस वसन्त ऋतृमा पर्यटकहरुको चहलपहल बढेको बताउँदै उनले भने, ‘अप्रिल १ तारिखदेखि १४ को तथ्याङ्क हेर्दा पर्यटकहरुको चहलपहल कोभिड–१९ को भन्दा राम्रो छ । 

हिमाल आरोहीहरु भन्दा पनि पदयात्रामा जाने पर्यटकहरु धेरै आइरहेको शेर्पाको भनाइ छ ।पर्यटकहरुको संख्या अझ बढ्ने थियो, तर खुम्बु क्षेत्रमा आउने २० प्रतिशत पर्यटकहरु मौसमका कारण उडान हुन् नसक्दा अन्नपूर्ण क्षेत्रमा डाइभर्ट भएको शेर्पाले जानकारी दिए । 

विदेशीहरु नेपालमा आई मौसमका कारण सगरमाथा आधार शिविर आउनेहरु अन्नपूर्ण क्षेत्रमा डाइभर्ट हुँदै विदेशी पर्यटकहरुसँग समय पनि धेरै नहुने उल्लेख गरे । 

Advertisement

Advertisement