काठमाडौं–भरतपुर उडानमा एकाधिकारको फाइदा उठाउँदै बुद्ध एयरद्वारा मनलाग्दी भाडा

Advertisement

काठमाडौं । भरतपुर विमानस्थलमा एकाधिकारको फाइदा उठाउँदै बुद्ध एयरले यात्रुहरुसँग मनलाग्दी भाडा अशुली गरेको छ । लामो समयदेखि उक्त रुटमा बुद्ध एयरको मात्रै उडान हुँदै आएको छ । 

एकल उडानको फाइदा उठाउँदै बुद्ध एयरले चर्को भाडा अशुल्दै आए पनि सो रुटमा यात्रा गर्ने यात्रुहरुले भने अहिलेसम्म बढी भाडाको विरोध गरेका छैनन् । काठमाडौं–भरतपुर उडानमा बुद्ध एयरले काठमाडौं–पोखरामा भन्दा बढी भाडा अशुल्ने काम गर्दै आएको छ । जबकी भरतपुर राजधानी काठमाडौंबाट सबैभन्दा नजिकमा रहेको विमानस्थल हो । 

Advertisement

भरतपुर विमानस्थलको धावनमार्ग अन्य विमानस्थलको भन्दा छोटो भएको फाइदा बुद्ध एयरले उठाउँदै आएको छ । यो विमानस्थलको धावनमार्गको लम्बाई चार हजार फिट रहेको छ । सोही कारण एटीआर ४२ भन्दा ठूला जहाजहरु अवतरण गर्न यहाँ मिल्दैन् । एटीआर ७२ जहाज अवतरण गर्न धावनमार्गको लम्बाई पाँच हजार फिट चाहिन्छ । 

एटीआर ४२ जहाज बुद्ध एयरको मात्रै रहेको छ । सो श्रेणीको जहाजको मूल्य एटीआर ७२ को बहाबर नै पर्ने भएकाले अन्य वायुसेवा कम्पनीहरुले थप्न सकेका छैन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाली सेनाको घोडा तबेलालाई देखाउँदै भरतपुर विमानस्थलको धावनमार्ग लम्ब्याउन पनि सकेको छैन् । त्यसको फाइदा अमुक वायुसेवा कम्पनीले उठाउँदै आएको छ । 

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले हवाई भाडाको न्यूनतम् र अधिकतम् मूल्यको सीमा आफूहरुले तोकेकाले बुद्ध एयरले मात्रै बढी भाडा लियो भन्न नमिल्ने तर्क गरे । तर अनलाइनमार्फत भाडा दर हेर्दा पनि लामो दूरीका रुटको भन्दा भरतपुरको भाडा बढी उल्लेख गरेको देखिन्छ । भाडा दरमा अधिकतम् र न्यूनतम सीमाभित्र खेल्ने ‘मार्केटिङ’ अधिकार बुद्ध एयरलाई हुने भुलको तर्क छ । 

धावनमार्गको लम्बाई नबढाएर प्राधिकरणले नीतिगतरुपमा नै बुद्ध एयरलाई एकाधिकार गर्ने मौका दिँदै आएको छ । यद्यपि भुलले अधिकतम्भन्दा बढी भाडा लिए आफूहरु बुद्ध एयरलाई कारवाही गर्न तयार रहेको बताए । उनले भरतपुरको धावनमार्ग निर्माणमा गुरुयोजनाअनुसारको काम भइरहेको भन्दै पहिला सेनाको घोरा तबेला हटाएपछि धावनमार्ग विस्तार हुनसक्ने बताए । 

बुद्ध एयरको भरतपुरमा मात्रै नभएर सुर्खेत, तुम्लिङटारमा पनि एकाधिकारको फाइखा उठाउँदै यात्रुहरुसँग चर्को भाडा अशुल गर्दै आएको छ । यस विषयमा स्थानीय जनप्रतिनिधिसहित प्रमुख दलहरुले पनि विरोध जनाएर भाडा दरमा मनपरी गर्न रोक्नुपर्नेमा उनीहरुले पनि चासो देखाएका छैनन् ।  

Advertisement

Advertisement