नौ महिनामा वाणिज्य बैंकमा थपियो थप तीन खर्ब ५५ अर्ब निक्षेप, कुन बैंकमा कति ?

Advertisement

काठमाडौं ।  चालु आर्थिक वर्षको पहिलो नौ महिनामा वाणिज्य बैंकहरुमा तीन खर्ब ५५ अर्ब ९७ करोड रुपियाँ निक्षेप थप्पिएको छ । 

नेपाल बैंकर्स संघबाट प्राप्त तथ्यांकअनुसार स्थानीय तहको ९७ अर्ब रुपियाँ निक्षेप बाहिरिदाँ पनि २० बाणिज्य बैंकको निक्षेप सो अनुपातमा बढेको हो । गत असार मसान्तसम्म बाणिज्य बैंकमा ५० खर्ब ८५ अर्ब ९४ करोड रुपियाँ निक्षेप थियो । चैत मसान्तसम्म आउँदा त्यो ५४ खर्ब ४१ खर्ब ९१ करोड रुपियाँ पुगेको छ । 

Advertisement

निक्षेप बढाउने मामिलामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक अग्र स्थानमा देखिएको छ । समीक्षा अवधीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४७ अर्ब ६१ करोड रुपियाँ निक्षेप थपेको छ । 

यसैगरि, दोस्रो स्थानमा राष्ट्रिय बाणिज्य बैंक रहेको छ । नौ महिनामा राष्ट्रिय बाणिज्य बैंकले ४५ अर्ब सात करोड रुपियाँ निक्षेप थपेको छ । तेस्रो स्थानमा रहेको नविल बैंकले भने ४३ अर्ब ७९ करोड रुपियाँ निक्षेप बढाएको देखिन्छ । समीक्षा अवधीमा स्टान्डर्ड चार्टर्ड बैंकको निक्षेप भने पाँच अर्ब ४२ करोड रुपियाँले घटेको छ ।

दुई खर्ब १८ अर्ब कर्जा 
समीक्षा अवधीमा वाणिज्य बैंकको कर्जा प्रवाह भने दुई खर्ब १८ अर्ब ८८ करोड रुपियाँले बढेको छ । बक्यौता कर्जाको आधारमा यस्तो देखिएको हो । 
गत असार मसान्तसम्म बाणिज्य बैंकहरुको कर्जा बक्यौता ४३ खर्ब १७ अर्ब ९५ करोड रुपियाँ थियो । चैत मसान्तसम्म आउँदा त्यो ४५ खर्ब ३६ अर्ब ८३ करोड रुपियाँ पुगेको छ ।

कर्जा बढाउने मामिलामा नविल बैंक अगाडि देखिएको छ । यस अवधीमा उक्त बैंकले ३९ अर्ब ७० करोड रुपियाँ कर्जा बढाएको छ । दोस्रो स्थानमा प्राइम कर्मशियल बैंक रहेको छ । उक्त बैंकले २६ अर्ब ७४ करोड रुपियाँले कर्जा बढाएको देखिन्छ । 

तेस्रो स्थानमा रहेको एभरेष्ट बैंकले १८ अर्ब ६९ करोड रुपियाँ कर्जा बढाएको छ भने स्टाण्डर्ड चार्टर्ड बैंकको कर्जा प्रवाह भने छ अर्ब ६३ करोड रुपियाँले घटेको छ । 

undefined

undefined

Advertisement

Advertisement