विश्व ‘ग्रिन’ अर्थतन्त्रमा गइसक्यो, हामी ढिलो भयौंः ऊर्जामन्त्री

Advertisement

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्ति बस्नेतले सरकारले बनाउने नीति तथा कार्यक्रममा ग्रिन अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । 

बुधवार राजधानीमा भएको हाइट्रोजन डाइलग कार्यक्रममा उनले नेपालमा ग्रिन अर्थतन्त्र र ग्रिन आर्थिक विकासको चर्चा गर्न ढिला भएको भन्दै अब ग्रिन अर्थतन्त्रका विषयमा बहस र छलफल गरी नीतिगत रुपमा अघि बढ्नुको विकल्प नभएको बताए । 

Advertisement

मन्त्री बस्नेतले स्रोत उलब्धताको दृष्टिकोणबाट हेर्दा सरकारले स्रोतलाई आर्थिक विकासको अभियानमा व्यवस्थित ढङ्गले सदुपयोग गरी आर्थिक विकास समृद्धिको सपना पूरा गर्न नसकेको उल्लेख गरे । उनले विश्व ग्रिन अर्थतन्त्रमा गइसकेको बताउँदै नेपाल ढिलो भएको बताए । 

नेपालसँग भएका पेट्रोलियम पदार्थ लगायत जलस्रोतको प्रयोगभन्दा पनि आयातमा रमाइरहेको बस्नेतले स्वीकार गरे । उनले आफूसँग भएका स्रोतको सहि ढङ्गले सदुपयोग गर्ननसक्ने देशले आर्थिक समृद्धिको यात्रामा पाइला चाल्न नसक्ने बताए । 

बस्नेतले भने, ‘पेट्रोलियम पदार्थको आयात गरिरहेका छौं । नेपालसँग भएका स्रोतहरुको प्रयोग भइरहेको छैन । जुन देशले आफूसँग भएका स्रोतको सही ढङ्गले अप्टिमम प्रयोग र सदुपयोग गर्न सक्दैन । त्यो देशमा समृद्धिको यात्रामा प्रभाव पर्छ । नेपाल जलस्रोतको धनी देश भनिरहेका छौं ।’ 

उनले थपे, ‘स्रोत उलब्धताको दृष्टिकोणबाट हेर्दा स्रोतलाई आर्थिक विकासको अभियानमा व्यवस्थित ढङ्गले सदुपयोग गरी आर्थिक विकास समृद्धिको सपना पूरा गर्नको लागि ग्रिन अर्थतन्त्रको कुरा गर्न सान्दर्भिक छ । अब सरकारले ग्रिन अर्थतन्त्र,ग्रिन आर्थिक विकासका बारेमा चर्चा गर्न ढिला भएको छ । सरकारले यसमा प्राथमिकता दिएर नीति तथा कार्यक्रममा लैजानुपर्ने आवश्यकता पैदा भएको छ ।’

बस्नेतले नेपाल ग्रिन अर्थतन्त्रमा जानको लागि नीतिगत रुपमा नै कार्यक्रमहरु बनाएर जान आवश्यक देखिएको बताए । 

Advertisement

Advertisement