सुनको मूल्य प्रतितोला ६ सय रुपियाँ घट्यो

Advertisement

काठमाडौं । बिहीबार सुन मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ । सुनको मूल्य प्रतितोला ६ सय रुपियाँ घटेको हो भने चादी प्रतितोला १० रपियाँ बढेको छ । 

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ६ सय र तेजावी सुन पनि १ लाख ३७ हजार ९ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदीको प्रतितोला १ हजार ७ सय १५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement