हेलिकप्टर चढ्ने भीआईपी पर्यटकहरु घट्दा हेलिकप्टरको व्यवसाय करिब ३० प्रतिशतले घट्यो

Advertisement

काठमाडौं । हेलिकप्टर चढ्ने भीआईपी पर्यटकहरु घट्दा हेलिकप्टरको व्यवसाय करिब ३० प्रतिशतले घटेको छ । हेलिकप्टर चढेर पर्वतीय उडानमा जाने पर्यटकहरुको संख्या घटेको हो । 

मुख्य सिजनमा हेलिकप्टर चढ्ने पर्यटकहरुको संख्यामा गिराउट आएको हेली एभरेष्टका मार्केटिङ प्रमुख सीताराम सापकोटाले बताए । उनले यस वसन्त ऋतृमा हेलिकप्टरबाट माउन्टेन फ्लाइट गर्ने पर्यटकहरु बढ्ने आशा गरिएको भए पनि सो कुरा हुन नसकेको भन्दै गुनासो व्यक्त गरे । 

Advertisement

सापकोटाले भने, ‘गत वर्षको तुलनामा यस वर्ष हेलिकप्टरहरु पनि थोरै छ । अहिले त पूर्ण चरणमा हेलिकप्टर उडान हुनुपर्ने हो । त्यो अहिलेसम्म हुन सकेको छैन् । मुख्य सिजनमा नै हेलिकप्टर उडान गर्न हामीले पाएका छैनौं ।’ 

दिउँसोको १–२ बजेपछि अधिकजसो हेलिकप्टरको उडान न्यून हुने गरेको भन्दै उनले थपे, ‘हेलिकप्टर व्यवसाय कमी हुनुको मुख्य कारण भनेको चड्ने स्टाण्डर्ड पर्यटक थोरै भएर हो । पहिला पहिला बिहान पहिलो चरणमा हेलिकप्टरहरु माउन्टेन फलाइटमा व्यस्त हुन्थ्यो । दोस्रो चरणमा अरु उडानमा व्यस्त हुन्थ्यो । अहिले त्यस्तो छैन् ।’ दिउँसो दुई बजेपछि हेलिकप्टर उडान करिब ४० प्रतिशत कम रहेको सापकोटाले बताए । सिजनमा नै उडान पर्याप्त नहुँदा हेलिकप्टरहरु विमानस्थलमै थकिएर बस्नुपरेको उनले बताए । 

Advertisement