पर्यटन बोर्डको सीईओका लागि डा. धनन्जय रेग्मीदेखि दीपकराज जोशीसम्म २० जनाको आवेदन

Advertisement

काठमाडौं । नेपाल पर्यटन बोर्डको सीईओका लागि बोर्डकै निवर्तमान सीईओ डा. धनन्जय रेग्मी, पूर्व सीईओ दीपकराज जोशीसहित २० जनाले आवेदन दिएका छन् । 

उक्त पदका लागि आवेदन दिने आज (बिहीबार) अन्तिम मिति हो । आज अपरान्ह कार्यालय समयमा २० जनाको आवेदन परेको सीईओ नियुक्ति सिफारिस समितिका एक सदस्यले बताए । 

Advertisement

बाँकी आवेदकहरुमा राजाराम गिरी, श्रद्धा श्रेष्ठ, लक्ष्मण गौतम, ठाकुरप्रसाद देवकोटा, हिक्मतसिंह ऐर, विजय नेपाल, पदम बम, राजाराम केसी, नवीन पोखरेल, ज्ञानिन राई, ज्ञानेश्वर महतो, सूर्यबहादुर घिमिरे, सन्तोष थापा, ज्ञानेन्द्र अधिकारी, चक्शुविक्रम मल्ल, दीपक बस्ताकोटी, कमल ढोडारी र रामचन्द्र सेढाईं छन् । 

रेग्मीको कार्यकाल गत माघ १४ गते सक्किएपछि बोर्ड नेतृत्वविहीन बनेको छ । सीईओ नहुँदा बोर्डका धेरै कामकारवाही रोक्किनुका साथै भुक्तानी समेत रोक्किएको छ । 

नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा १४ अनुसार अघि बढेको सीईओ नियुक्त प्रक्रियामा स्नातकोत्तर उत्तीर्ण गरी पर्यटन क्षेत्रमा कम्तीमा १० वर्ष अनुभव भएको व्यक्ति सीईओ पदका लागि आवेदन दिन योग्य हुन्छन् । 

Advertisement

Advertisement