प्रतिकुल अवस्थामा पनि लक्ष्मी सनराइजले बढायो खुद नाफा

Advertisement

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद मुनाफा २७.७० प्रतिशतले बढेको छ । अहिलेको प्रतिकुल आर्थिक अवस्थामा पनि बैंकको मुनाफा उल्लेख्य बढेको हो । 

बैंकले शुक्रबार सार्वजनिक गरेको उक्त अवधिको अपरिस्कृत वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा एक अर्ब ६१ करोड ५९ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले एक अर्ब २६ करोड ५३ लाख रुपियाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।

Advertisement

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी उल्लेख्यरुपमा बढेको छ । लक्ष्मी सनराइज बैंकको खुद ब्याज आम्दानी १०३.४९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १०२.९८ प्रतिशत बढेको छ भने बैंकको कुल सञ्चालन आम्दानी १०१.६३ प्रतिशत र सञ्चालन मुनाफा ११.७८ प्रतिशत बढेको छ। सो अवधिमा बैंकको निष्क्रिय कर्जा १.८२ प्रतिशतबाट बढेर ५.४९ प्रतिशत पुगेको छ । 

चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने एक अर्ब २४ करोड ८४ लाख रुपियाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ७ रुपियाँ १८ पैसा ऋणात्मक रहेको छ। लक्ष्मी सनराइजको 
चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी ९ रुपियाँ २९ पैसा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.३८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपियाँ ५९ पैसा रहेको छ।

Advertisement