माछापुच्छ्र्रेको खुद मुनाफामा ३६ प्रतिशत गिरावट, खराब कर्जा पनि बढ्यो

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंक खुद मुनाफामा ३६ प्रतिशतले गिरावट आएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणमा खुद मुनाफा निकै घटेको देखिएको हो । 

गत आर्थिक बर्षको सोही अवधिमा एक अर्ब ३५ करोड खुद मुनाफा गरेको माछापुच्छ्रेले अहिले एक अर्ब मात्रै नाफा गरेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी तीन अर्ब ८४ करोड ९८ लाख रुपियाँ छ भने कुल सञ्चालन आम्दानी चार अर्ब ९० करोड रुपियाँ, सञ्चालन नाफा एक अर्ब ३४ करोड रुपियाँ रहेको छ ।

Advertisement

यस अवधिको बैंकको वितरणयोग्य नाफा ३० करोड ५६ लाख रुपियाँले ऋणात्मक छ । बैंकको खराब कर्जा गत वर्षको चैतमा २.३७ प्रतिशत रहेकोमा अहिले बढेर बढेर ३.६८ प्रतिशत पुगेको छ ।

Advertisement