सिटिजन्स बैंक १८औं वर्षमाः १७ लाख २४ हजार ग्राहक, कूल निक्षेप १ खर्ब ८४ अर्ब

Advertisement

काठमाडौं । सिटिजन्स बैंक आजदेखि १७ वर्ष पूरा गरी १८औं वर्षमा प्रवेश गरेको छ । २०६४ साल वैशाख ७ गते २०औं वाणिज्य बैंकको रुपमा स्थापना भई अनवरत सेवा पुर्याँउदै आएको बैंक आज वैशाख ७ गते देखि १८औं वर्षमा प्रवेश गरेको हो ।

१७ वर्षको अवधिमा बैंकले करिव १७ लाख २४ हजार ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको जनाएको छ । ​सातवटै प्रदेशमा फैलिएको १९० वटा शाखाहरु मार्फत चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा बैंकको कूल निक्षेप करिब १ खर्ब ८४ अर्ब रहेकोमा कर्जातर्फ १ खर्ब ५६ अर्व रहेको छ र यसै अवधिमा बैंकले करिब १ अर्ब २१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

Advertisement

बैंकले १७औं वार्षिकोत्सवको अवसरमा आज बिहानै सातवटै प्रदेशमा करिव १०५३ कर्मचारीहरुको सहभागितामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाईटी संगको सहकार्यमा सातवटै प्रदेशका कूल २५ शाखाहरुबाट करिब ६८४ जना रक्तदाताको सहभागीतामा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

साथै यसै अवसरमा मधेश प्रदेश अन्तर्गत वीरगन्ज शाखा र लुम्बिनी प्रदेश अन्तर्गत बुटवल शाखाले निःशूल्क स्वास्थ्य शिविर समेत संचालन गरेका छन् । शिविरमा करीब ३०० जना सेवाग्राहीहरुले निःशुल्क स्वास्थ्य परीक्षण गराउनुका साथै आवश्यक औषधीहरु समेत निःशुल्क प्राप्त गरेका छन् । बैंकले आफ्नो १७औं वार्षिकोत्सवको उपलक्ष्यमा सिटिजन्स स्मार्ट बचत खातालाई १७ थरि आकर्षक सुविधाहरु थप गरेर ग्राहकहरुमाझ ल्याएको छ ।

अब ग्राहकहरुले यो योजना अन्तर्गत खाता खोल्दा आकर्षक थप १७ सुविधाहरु निश्चित समयको लागि प्राप्त गर्न सक्ने छन् । बैंकले बचत सम्बन्धी विषयलाई ध्यानमा राख्दै वित्तीय साक्षरता सम्बन्धी एक भिडियो सामग्री समेत आफ्नो १७औं वार्षिकोत्सवको दिन सार्वजनिक गरेको छ ।

ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै बैंकले आफ्नो थप ६ वटा शाखाहरुबाट ‘प्रिभिलेज काउन्टरू’ समेत सुरुवात गरको छ । काठमाडौं उपत्यका भित्र कुमारीपाटी, बौद्ध, कोटेश्वर र न्यूरोड शाखामा र उपत्यका बाहिर बुटवल र हस्पिटललाइन शाखामा वैशाख ७ गतेबाट प्रिभिलेज काउन्टर सुचारु भएको छ । साथै १७औं वार्षिकोत्सवको उपलक्ष्यमा बैंकको मूख्य प्रायोजनमा १०  सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता वैशाख ९ देखी १५ गतेसम्म दशरथ रंगशालामा हुन गइरहेको छ ।

बैंकले देशैभरी रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ ईकाईहरुबाट १७ लाख २४ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आनो सेवा प्रदान गर्दै आएको यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने जनाएको छ ।

 

Advertisement