मनपरी ढंगले कार्यालय अनुपस्थित हुने १६ प्रहरी कर्मचारीलाई हाजिर हुन आउन निर्देशन

Advertisement

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा हाजिर नभएका १६ जना प्रहरी कर्मचारीलाई स्पष्टीकरण सोध्दै हाजिर हुन आउन भनेको छ । 

कार्यालयले एक सूचना जारी गर्दै आजको मितिले सात दिनसम्म सम्पर्कमा आउन निर्देशन दिएको छ । 

Advertisement

सम्पर्कमा नआएमा सेवाबाट हटाइनेसम्मको कारबाही हुनेसमेत बताइएको छ । 

‘सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित प्रहरी प्रधान कार्यालयमा हाजिर हुन आउनुहोला,’ सूचनामा भनिएको छ, ‘अन्यथा प्रहरी नियमावलीअनुसार कारबाही हुनेछ ।’

प्रहरी नियमावली २०७१ को नियम ११५ को देहाय ९२० बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँसिसक्दा पनि कार्यालयको सम्पर्कमा नआएकाले यो सूचना निकालेको जनाएको छ । 

सात दिनभित्र स्पष्टीकरणसहित कार्यालयको सम्पर्कमा आएमा सफाइको मौका समेत दिइने कार्यालयले जनाएको छ । 

undefined

Advertisement