साढे ३० अर्बको ट्रेजरी बिल जारी गर्दै सरकार, आजै बोलकबोल हुने

Advertisement

काठमाडौं । सरकारले साढे ३० अर्बको ट्रेजरी बिल जारी गर्ने भएको छ । 

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३० अर्ब ४९ करोड रुपियाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । २० अर्ब ४९ करोड रुपियाँको ट्रेजरी बिल नवीकरण र १० अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको कार्यालयले जनाएको छ । 

Advertisement

कार्यालयले २८ दिनका लागि ५ अर्ब, ९१ दिनका लागि ५ अर्ब ४९ करोड, १८२ दिनका लागि ६ अर्ब र १ वर्षका लागि ४ अर्ब रुपियाँबराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । 

भोलि अर्थात् वैशाख ११ गते जारी हुने यस ट्रेजरी बिलका लागि आजै दिउँसो ३ बजे बोलकबोल हुनेछ । 

undefined

Advertisement