अर्थसचिवको जिम्मेवारी मरासिनीलाई, पुष्करको प्रधानमन्त्री कार्यालयमा सरुवा

Advertisement

काठमाडौं । सरकारले मधुकुमार मरासिनीलाई अर्थसचिवको जिम्मेवारी दिने निर्णय गरेको छ । 

आज बसेको मन्त्रिपरिषद बैठकले अर्थसचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्दै नयाँ अर्थ सचिवमा मरासिनीलाई ल्याउने निर्णय गरेको हो । 

Advertisement

हाल अर्थसचिव रहेका कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि मरासिनी निलम्बनमा परेका थिए । तर अदालतले सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको छ । 

Advertisement