सिद्धार्थ प्रिमियरद्धारा २१ करोडको बीमा दावी भुक्तानी

Advertisement

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले २१ करोड बढीको बीमा दाबी भुक्तानी गरेको छ । 

२०८० असार २ गते संखुवासभामा गएको भीषण बाढीबाट सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अगुवाइमा युनाइटेड अजोड इन्स्योरेन्ससँग सह–बीमा रहेको अपर हेवा खोला हाइड्रो पावर कम्पनीमा ठूलो क्षति भएको थियो । 

Advertisement

सो हाइड्रो पावरको भौतिक संरचना, वाँध, पेनस्टक पाइप, सिल्टीङ्ग वेसिन सस्पेन्सन ब्रीज,   लगायतको सम्पत्तिको क्षति तथा घटना पश्चात विद्युत उत्पादन अवरुद्ध भएको करिव ६ महिनाको क्षति समेतको जम्मा रु. २११,९६०,५००/– को दावी फछ्र्यौट गरेको छ । 

कम्पनीमा आयोजित एक समारोहमा सो हाइड्रो पावरका प्रवन्ध सञ्चालक डेढराज खड्कालाई नाफाको नोक्सान वापत रु.१०४,५३१,५००/– बराबरको चेक इन्स्योरेन्सका कार्यकारी प्रमुख वीरेन्द्र बैदवार क्षेत्री द्धारा हस्तान्तरण गरियो भने सम्पत्ति क्षति वापतको बीमा रकम रु.१०७,४२९,०००/– दावी फछ्यौट पूर्जा समेत हस्तान्तरण गरियो । सो अवसरमा  दुवै कम्पनीका वरिष्ठ पदाधिकारीहरुको उपस्थिति रहेको थियो । 

चेक हस्तान्तरण पश्चात इन्स्योरेन्सका कार्यकारी प्रमुख क्षेत्रीले इन्स्योरेन्समा पर्न आएको दावीहरुलाई उच्च प्राथमिकताका साथ फछ्र्यौट गर्दै आएको बताए भने हाइड्रो पावरका प्रवन्ध सञ्चालक खड्काले बीमा भुक्तानीमा कम्पनीले पुर्याएको सेवा प्रति सन्तुष्ट रहेको बताए ।

Advertisement