सिद्धार्थ बैंकद्वारा पृथ्वी दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना

Advertisement

काठमाडौं । सिद्धार्थ  बैंकले पृथ्वी दिवस २०२४ को अवसरमा स्वच्छ वातावरण निर्माणमा सघाउ पुर्याउने र वातावरणीय समस्याहरुको बारेमा सचेत गराइ भविष्यका पुस्ताहरुका लागि पृथ्वीको संरक्षण गर्न प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरी पृथ्वी दिवस मनाएको छ । 

बैंकले यस दिवसको अवसरमा सरसफाई र चित्रकला प्रतियोगिता जस्ता कार्यक्रमहरु आयोजना गरेको थियो । बैंकले सरसफाई कार्यक्रम अन्तर्गत देशकोसातै प्रदेशका कुल १५ विभिन्न सार्वजनिक स्थानहरुमा सरसफाई कार्यक्रम आयोजना गरेको थियो जसमा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

Advertisement

बैंकले देशैभरी फैलिएको आफ्ना १९६ वटा शाखा (५ वटा एक्स्टेन्सन् काउन्टर सहित), ७३ शाखारहित बैंकिङ्ग सेवा र २२६ वटा एटिएम मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बंैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

Advertisement