किसान लघुवित्तको १९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

लघुवित्तले दुई जना संस्थापकको नाममा रहेको कुल १९ हजार २६० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

Advertisement

हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । 

इच्छुक शेयरधनीले ३५ दिनभित्र सोसम्बन्धी विवरण खुलाई कैलालीको लम्कीचुहामा रहेको लघुवित्तको केन्द्रीय कार्यालय वा काठमाडौंको मण्डीखाटारमा रहेको कर्पोरेट कार्यालयमा आवश्यक कागजातसहित लिखित निवेदन दिनुपर्ने बताइएको छ ।

साथै, तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने संस्थाले जनाएको छ । 

Advertisement