विदेशी लगानीका लागि नेपाल अहिले उदार छः देउवा

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा विकासका लागि पर्याप्त पुँजी र उपयुक्त प्रविधिको अभाव रहेको बताएका छन् । 

आईतवारबाट राजधानीमा शुरु भएको दुई दिने लगानी सम्मेलनमा प्रमुख प्रतिपक्षी दलको नेताको नाताले बोल्दै उनले नेपालमा विकासको प्रचुर सम्भावना रहेको बताए । विदेशी लगानीका लागि खुला क्षेत्र, कर नीति र आम्दानी फिर्ता गर्ने सन्दर्भमा नेपालको लगानी व्यवस्था अहिले उदार रहेको देउवाको जिकिर छ । 

Advertisement

उनले विदेशी लगानीका लागि प्रायः सबै क्षेत्र खुला रहेको बताए । देउवाले कृषि, पर्यटन, पूर्वाधार विकास, खानी तथा खनिज, उत्पादन, पर्यटन, जलविद्युत र सूचना प्रविधि जस्ता प्रमुख क्षेत्रमा स्वदेशी तथा विदेशी लगानीले परिवर्तनकारी प्रभाव छोड्न सक्ने बताए । 

नेपाललाई लगानीको आकर्षक गन्तव्यका रूपमा प्रवद्र्धन गर्न विभिन्न देशसँग द्विपक्षीय लगानी संरक्षण सम्झौता गर्न सरकार इच्छुक रहेको भन्दै उनले सबै प्रमुख राजनीतिक दलहरू नेपालमा वैदेशिक लगानी प्रवद्र्धन गर्न र लगानीसम्बन्धी प्रमुख मुद्दाहरूमा सहमति कायम गर्न एकजुट हुन प्रतिवद्ध रहेको दावी गरे । 

देउवाले भने, ‘नेपाल अझै पनि कम विकसित देश हो । हामीले विकासका ठूला चुनौतीहरूको सामना गरिरहेका छौं । हाम्रो देशमा विकासको प्रचुर सम्भावना छ तर हामीसँग विकासका फाइदाहरू प्राप्त गर्न पर्याप्त पुँजी र उपयुक्त प्रविधिको अभाव छ । यस सन्दर्भमा यो उच्चस्तरीय कार्यक्रमको आयोजनाले विशेष महत्व राख्दछ । मेरो पार्टीले नेपालमा आर्थिक सुधारको थालनी गरेको छ । सन् १९९० मा नेपाली काँग्रेसको सरकारले अर्थतन्त्रलाई उदारीकरण, निजी क्षेत्रलाई आमन्त्रण र विदेशी लगानीका लागि अनुकुल वातावरण सिर्जना गरेको थियो । त्यो छोटो अवधिमा हाम्रो सरकारले नीतिहरू पुनर्संरचना गर्यो ।’ 

उनले थपे, ‘पुराना कानूनहरू परिमार्जन ग¥यो र नयाँ कानून ल्यायो, सार्वजनिक खर्चलाई तर्कसंगत बनायो र उदार कर प्रणालीको थालनी ग¥यो । विदेशी लगानीका लागि खुला क्षेत्र, कर नीति र आम्दानी फिर्ता गर्ने सन्दर्भमा नेपालको लगानी व्यवस्था अहिले उदार छ । विदेशी लगानीका लागि प्रायः सबै क्षेत्र खुला छन् । कृषि, पर्यटन, पूर्वाधार विकास, खानी तथा खनिज, उत्पादन, पर्यटन, जलविद्युत र सूचना प्रविधि जस्ता प्रमुख क्षेत्र हुन् जहाँ स्वदेशी तथा विदेशी लगानीले परिवर्तनकारी प्रभाव पार्नेछ । विदेशी लगानी स्वदेशी कानून र हाम्रो देश पक्ष भएको विभिन्न अन्तर्राष्ट्रिय साधनहरूद्वारा सुरक्षित छ । नेपाललाई लगानीको आकर्षक गन्तव्यका रूपमा प्रवद्र्धन गर्न सरकारले विभिन्न देशसँग द्विपक्षीय लगानी संरक्षण सम्झौता गर्न इच्छुक रहेको थाहा पाएको छु । लचिलो श्रम कानून, युवा र ऊर्जावान जनसंख्याको पर्याप्त हिस्सा भएको जनसांख्यिक लाभांश, बिजुलीको भरपर्दो आपूर्ति, स्थानीय कच्चा पदार्थको उपलब्धताले पनि यस क्षेत्रका अन्य उच्च ज्याला दिने देशहरूको तुलनामा उत्पादन लागत कम बनाउन योगदान पु¥याउँछ । हामीले सार्वजनिक–निजी साझेदारी अन्तर्गतका ठूला परियोजनाहरू र अन्य साना तथा मझौला आकारका लगानीका आयोजनाहरूका लागि उद्योग विभाग अन्तर्गतको लगानी बोर्ड समावेश गर्ने वन स्टप सेवा स्थापना गरेका छौं । हामीले कम्पनीहरूको दर्ताको लागि समय र ऊर्जा वचत गर्न र तुलनात्मक रूपमा छोटो अवधिमा सञ्चालनमा राख्न प्रक्रियाहरूलाई सुव्यवस्थित गरेका छौं । साथै, सबै प्रमुख राजनीतिक दलहरू नेपालमा वैदेशिक लगानी प्रवद्र्धन गर्न र लगानीसम्बन्धी प्रमुख मुद्दाहरूमा सहमति कायम गर्न एकजुट हुन प्रतिवद्ध छन् ।’

सभापति देउवाले प्रजातानित्रक ढाँचाअन्तर्गत आर्थिक विकासलाई अगाडि बढाउन बजार र निजी क्षेत्रको महत्वपूर्ण भुमिका रहेको बताए । सरकारले सामाजिक न्याय र नेपाली समाजका सबै खण्डहरूको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न आफ्नो जिम्मेवारी नगुमाई लगानी र व्यवसायका लागि अनुकुल वातावरण सिर्जना गर्ने बताए । नेपालले विदेशी लगानीकर्ताहरूप्रति भेदभावपूर्ण नीति नअपनाएको देउवाले बताए । 

Advertisement

Advertisement