एनआईसी एशियाको एटिएम कार्ड हरायो वा बिग्रियो ? अब मोबाइल एपबाट तत्काल गर्नसकिन्छ निष्क्रिय

Advertisement

काठमाडौं । बैंकिङ कारोबारमा सबैभन्दा धेरै प्रयोग हुने सेवामा पर्छ कार्ड सेवा । खाता खोलिसकेपछि अधिकांश ग्राहकले डेबिट कार्ड प्रयोग गर्छ भने आवश्यकता अनुसार क्रेडिट, फ्रिडम, ट्राभल जस्ता विभिन्न कार्डहरु पनि प्रयोग गर्छन् ।   

कार्डहरु खल्तीमा राखेर हिड्न पनि सजिलो, टोलटोलमा एटिएम सेवा उपलब्ध भएकोले डेविट कार्डको प्रयोग धेरै नै प्रचलनमा रहेको छ । विभिन्न कार्डहरु प्रयोग गर्न जति सजिलो र सहज छ, त्यत्ति नै हराउने वा दुरुपयोग हुने सम्भावना पनि हुन्छ । 

Advertisement

कतिपय अवस्थामा चोरी हुने, कार्डमा त्रुटी भएर नचल्ने, भाचिने समस्या पनि बेलाबेला भइरहेको देखिन्छ । यसरी कार्ड हराएमा वा कुनै कारणले बिग्रिएर नचल्ने भएमा यसबाट हुने कारोबार तुरुन्तै बन्द गराउनु पर्छ । अन्यथा, आफ्नो बैंक खातामा रहेको रकम दुरुप्रयोग हुने सम्भावना रहन्छ । 

कार्ड हरायो वा क्षति पुग्यो भने दुरुपयोग हुनबाट कसरी बचाउने त ? 
एनआईसी एशिया बैंकले आफ्नो कार्डहरुलाई मोबाइल बैंकिङ सेवा (मो–बैंक) एपबाटै एकैछिनमा निष्क्रिय (डि–एक्टिभ) गराउन सकिन्छ । पहिला पहिला जस्तो फोन गरेर वा शाखा कार्यालयमै पुगेर धेरै समय लगाएर आफ्नो कार्ड डिएक्टिभ गराउनुपर्ने झन्झट अहिले छैन् । 

ग्राहकले प्रयोग गरिरहेको कार्डलाई डिएक्टिभ गर्न हातमा मोबाइल सेट र मोबाइलमा बैंकिङ सेवा एप हुनुपर्छ । यस मोबाइल एपमा कार्ड भन्ने अप्सन रहेको छ जुनबाट आफ्नो कार्डलाई मोबाइल एपसँग लिङ्क गर्न सक्छन् । यसले गर्दा कार्डको विवरण हेर्ने सक्नेदेखि डिएक्टिभ गर्नसक्ने लगायतका सेवाहरु आफै प्रयोग गर्न सकिन्छ । 

ग्राहकले एनआईसी एशिया बैंकले उपलब्ध गराएका डेविट, क्रेडिट, फ्रिडम वा ट्राभल जस्ता विभिन्न कार्डहरु प्रयोग गरिरहेका हुन्छन् । यी कार्डहरुको पूर्ण विवरण एपबाटै हेर्न सक्छन् भने आफूले चाहेको समयमा डिएक्टिभसमेत गर्न सक्छन् । यी सबै कामको लागि ग्राहकको डेविट, क्रेडिट, फ्रिडम वा ट्राभल कार्डहरु एपमा लिङ्क गरेको हुनुपर्छ । 

यदि ग्राहकले कार्ड जोडेको छैन भने ‘नो कार्ड एभाइलेभल’ भनेर देखाउँछ । कार्ड लिंक गर्न डेविट कार्ड जोड्न डेविट कार्डमा ट्याप गर्नुपर्ने हुन्छ । अब ‘एड न्यु कार्ड’मा ट्याप गर्नुपर्छ र कार्ड नम्बर र कार्ड अवधिको मिति (एक्पायर मिति) राख्नुपर्छ । त्यसपछि प्रोसिड गरेर ट्रान्जेक्सन पिन नम्बर राख्नुपर्छ । 

अब ग्राहकले आफ्नो कार्डको डिटेल, सीभीभी डिटेल हेर्न सक्छन् । साथै, नयाँ कार्ड थप गर्न पनि सक्छन् । यसरी नै आफ्नो क्रेडिट कार्ड, फ्रिडम कार्ड र ट्राभल कार्ड पनि जोड्न सक्छन् । क्रेडिट कार्ड चलाएको भए आफूले चाहेको समयको स्टेटमेन्ट पनि हेर्न सकिन्छ । 

यसरी आफ्नो कार्ड लिङ्क गरिसकेपछि कार्ड हराएमा, समस्या भएमा वा कुनै कारणवश सेवा बन्द गराउनु परेमा आफ्नो मोबाइलबाटै तुरुन्त निष्क्रिय गर्न सकिन्छ । यसरी डिएक्टिभ गरेपछि आफूले चाहेमा पुनः नवीकरण गर्न पनि सकिन्छ तर त्यसको लागि शाखा कार्यालय जानुपर्छ । 

एनआईसी एशिया बैंक नेपालका वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै ग्राहक संख्या र कार्डहरु प्रयोग भइरहेको बैंकमा पर्छ । चालु आर्थिक वर्ष २०८०–८१ को फागुनसम्ममा यस बैंकका ग्राहक संख्या ४१ लाख ५६ हजार भन्दा धेरै पुगिसकेका छन् । त्यस्तै, डेविट कार्ड प्रयोगकर्ताको संख्या १९ लाख ४७ हजारभन्दा धेरै पुगिसकेका छन् । यो संख्या समग्र बैंकिङ्ग क्षेत्रको औसत प्रयोगकर्ता भन्दा २८५ प्रतिशतले धेरै हो । 

समग्र बैंकिङ क्षेत्रको औसत प्रतिबैंक डेविट कार्ड प्रयोगकर्ता ५ लाख ६ हजार ४ सय रहेको छ । मोबाइल बैंकिङ प्रयोगकर्ता पनि यस बैंकमा २५ लाख ८३ हजार नौ सयभन्दा धेरैले मोबाइल बैंकिङ सेवा प्रयोग गरिरहेका छन् जुन समग्र बैंकिङ क्षेत्रको औसत प्रतिबैंक प्रयोगककर्ताभन्दा १७५ प्रतिशत अर्थात १६ लाख ४४ हजारले बढी हो । समग्र बैंकिङ क्षेत्रको औसत प्रतिबैंक मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता नौ लाख ३९ हजार सात सय रहेका छन् ।

(प्रवर्द्धनात्मक विषयवस्तु’ 

Advertisement

Advertisement