गोगोरोद्धारा नेपालमा ब्याट्री स्वापिङ इकोसिस्टम र क्रसओभर जीएक्स२५० अनावरण

Advertisement

काठमाडौं । विश्वभरका शहरहरुलाई दिगो गतिशिलता प्रदान गर्न सक्षम बनाउने ब्याट्री स्वापिङ इकोसिस्टममा विश्वकै अग्रणी कम्पनी गोगोरो आइएनसी (नास्दक जीजीआर) र नेबुला इनर्जीले गोगोरो ब्याट्री स्वापिङ र गोगोरो क्रसओभर जीएक्स२५० स्मार्ट स्कूटर लन्च गरेका छन् । 

पहिलो ब्याट्री स्वापिङ स्टेशन रहेको लाजिम्पाटस्थित आनन्द भवनमा आयोजित कार्यक्रममा उक्त लन्च गरिएको हो । नेबुला इनर्जी प्रा.लि. नेपालमा गोगोरो आइएनसीको आधिकारिक साझेदार हो ।

Advertisement

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र गोगोरोका कार्यकारी याङ्ग चेनले पहिलो गोगोरो ब्याट्री स्वापिङ सेवाको सुरुवात र अल्टिमेट दुईपांग्रे एसयूभी क्रसओभर स्मार्टस्कुटरको संयुक्त रुपमा लन्च गरेका हुन् । 

कार्यक्रममा कम्पनीका अध्यक्ष मनोज गोयलले गोगोरोको नवीन प्रविधि र दिगो गतिशिलतामार्फत् नेपालको शुन्य उत्सर्जन लक्ष्यप्रतिको आफ्नो संकल्प र दृष्टिकोण प्रस्तुत गर्ने बताए । उनले भने, ‘नेपालको दुई पाङ्ग्रे यातायात उद्योगको विद्युतीय रूपान्तरणलाई गति दिनका लागि समान दृष्टिकोण भएको नेबुला इनर्जीसँग साझेदारी गर्न पाउँदा हामीलाई खुशी लागेको छ । नेपाल स्वच्छ ऊर्जा उत्पादन र उपयोगमा अग्रपंक्तिमा छ र दुई र चार पाङ्ग्रे सवारी साधनहरू अपनाउने कार्यलाई सक्रियरूपमा प्रवर्द्धनन गरिरहेको छ । यसमा हाम्रो साझेदारीले महत्त्वपूर्ण प्रभाव पार्ने निश्चित छ’ ।


गोगोरो र नेबुला इनर्जीले एकसाथ नेपालको दुई पाङ्ग्रे यातायात उद्योगको विद्युतीय रूपान्तरणलाई गति दिनको लागि समान दृष्टिकोण राख्ने भन्दै गोयलले गोगोरो स्मार्ट ब्याट्रीहरूमा केहि सेकेन्डमै ‘स्वाप एण्ड गो’को सुविधाजनक एक्सेस प्रदान गर्न स्वापिङ अप्टिमाइज गरिएको बताए । 

गोगोरोको नयाँ क्रसओभर स्मार्टस्कुटर जीएक्स२५० नेपालका राइडरहरूका लागि फराकिलो सिट र स्टोरेज स्पेस तथा राम्रो ग्राउन्ड क्लियरेन्सका साथ अप्टिमाइज गरिएको कम्पनीको भनाई छ । नेबुला इनर्जीले सुरुमा रणनीतिक बीटूबी साझेदारहरूलाई ब्याट्री स्वापिङ सेवाहरू प्रदान गर्ने र त्यसपछि हरेक २–३ किलोमिटरमा एउटा स्टेशन उपलब्ध हुनेगरी काठमाडौं उपत्यका वरपर गोस्टेसन्स स्थापना गर्ने योजना रहेको छ । नेबुला इनर्जीले यसै वर्ष रिटेल र कर्पोरेट ग्राहकहरूका लागि गोगोरो स्मार्ट स्कुटरका नयाँ मोडेलहरू पनि उपलब्ध गराउनेछ । 

स्कुटरहरू दशैंदेखि रिटेल ग्राहकका लागि बिक्रीका लागि उपलब्ध हुनेछन्। नेबुला इनर्जीले नेपालमा पेट्रोल पम्पको संख्याभन्दा धेरै गोगोरो गो स्टेशनहरू स्थापना गर्ने योजना बनाएको जनाएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक साहायु गोयलले दुई पाङ्ग्रे सवारीका क्षेत्रमा ईभीको प्रयोग व्यापक रूपमा अपनाउन प्रविधिले सघाउनुपर्ने बताए । ब्याट्री स्वापिङले आज विद्युतीय दुईपाँग्रे किन्ने निर्णय गर्दा उपभोक्ताहरूले सामना गर्ने प्रमुख चुनौतीहरूलाई सम्बोधन गर्दै एक मौलिक समाधान पनि प्रदान गर्ने उनको भनाई छ ।

भारतको महाराष्ट्रमा निर्मित जीएक्स२५० भारतमा निर्मित पहिलो स्मार्टस्कुटर हो । कम्पनीले क्रसओभर श्रृखला पुनः डिजाइन गरिएको अल टेरेन फ्रेममा बनाइएकाले यसले विभिन्न स्टोरेज, राइडिङ र कस्टमाइजेसन क्षमताहरू प्रदान गर्दा अझै बलियो र सहजता प्रदान गर्ने बताएको छ । यस स्कुटरको नयाँ फ्रेम डिजाइनले सस्पेन्सन प्रणालीको स्थायित्वलाई बढाउने, आराम र स्थिरताका साथ ठूला भारहरू पनि बोक्ने जनाइएको छ ।

गोगोरोको इकोसिस्टमको केन्द्रबिन्दुमा रहेको एउटा खुला र अन्तरसञ्चालित ब्याट्री स्वापिङ प्लेटफर्मका लागि यस वर्षको सुरुवातमा गाइडहाउस इनसाइट्सले विश्वमा हल्का शहरी सवारी साधनहरूको ब्याट्री स्व्यापिङ गर्ने अग्रणी कम्पनीको रूपमा यसलाई मान्यता प्रदान गरेको थियो । गोगोरो ब्याट्री स्वापिङ भनेको नयाँ जमानाको ब्याट्री रिफ्युलिङ हो जुन स्मार्ट अनि सुरक्षित छ । यसले राइडर, व्यवसाय र समुदायलाई गतिशील र बहुमुखी बनाउन आफूलाई निरन्तर अप्टिमाइज गर्ने कम्पनीको विज्ञपितमा उल्ल्ेख छ । 

Advertisement

Advertisement