न्यायिक क्षेत्रमा हलचल मच्चिएको समाचार २४ घण्टाभित्र हटाउन सर्वोच्चको आदेश

Advertisement

काठमाडौं । सर्वोच्च अदालतले स्टिङ अपरेसनसम्बन्धी प्रकाशित समाचार २४ घण्टाभित्र हटाउन सिधाकुरा डटकमलाई आदेश दिएको छ ।

उक्त अनलाइनले केही मिडिया सञ्चालक, न्यायाधीस र वकिलहरुको सेटिङमा भएको भनिएको करोडौं अनियमितताको अडियो र समाचार प्रकाशित गरेको थियो । उक्त समाचारले न्यायिक क्षेत्रसँग समग्र राजनीतिक क्षेत्रमा तहल्का मच्चिएको छ । 

Advertisement

न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले उक्त समाचार र युट्युबमा राखेको भिडियो २४ घण्टाभित्र हटाउन आदेश दिएको हो ।

सर्वोच्चले यस विषयसँग सम्बन्धित अन्य कार्यक्रम यो निवेदनको अन्तिम निर्णय नभएसम्म उत्पादन, प्रशारण, पुनः प्रशारण लगायत सार्वैजनिक गर्ने कुनै कार्य नगर्न नगराउन पनि आदेश दिएको छ ।

गत शुक्रबार सिधाकुरा डटकमले सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन रंगेहात घुससम्बन्धी मुद्दा प्रभावित पार्न तत्कालिन प्रधानन्यायाधीश, अर्का एक न्यायाधीश, नाम चलेका वकिलहरु र केही मिडिया सञ्चालकहरुले बैठक गरेको भनी अडियो । समाचार प्रकाशित गरेको थियो ।

उक्त समाचारमा चार सय भन्दा बढी भ्रष्टाचारका मुद्दा ढिसमिस बनाउन सर्वोच्चका न्यायाधीश नै छलफलमा सहभागी भएको दाबी गरिएको छ । स्टिङ अपरेसनमा संलग्न अख्तियारका एक कर्मचारीको सुचनाका आधारमा प्रकाशित समाचारले हलचल मच्चिएपछि प्रेस कान्सिलले पनि २४ घण्टाभित्र हटाउन निर्देशन दिए पनि सो मिडियाले अस्वीकार गरेको थियो । 

उक्त समाचार र त्यससँग सम्बन्धित युट्युबमा प्रकाशित अडियो भिडियो सामग्रीले ले न्यायसम्पादनमा अवरोध गरेको भन्दै सर्वोच्चका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेको भनाई छ । उनले अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै प्रतिवेदन पेश गरेका थिए ।

उनले प्रतिवेदनमार्फत सिधाकुराका प्रकाशक युवराज कँडेल, कार्यकारी सम्पादक नविन ढुंगानासहित यो काममा संलग्नहरुमाथि कारवाही हुनुपर्ने माग गरेका छन् । उनले प्रकाशित सामग्री सामाजिक सञ्जालबाट हटाउनुपर्ने, संलग्नमाथि बयान गरी कारवाही हुनुपर्ने माग गरेका छन् ।

सुनुवाइपछि सर्वोच्चले यस विषयमा अदालतको अवहेलनामा किन कारबाही र सजाय गर्नु नपर्ने हो त्यसरी कारबाही गर्नु नपर्ने आधार र कारण भए २० वैशाखको विहान १० बजेभित्र अदालतमा उपस्थित हुन सिधाकुरा डटकमका प्रकाशक कार्यकारी सम्पादकलाई आदेश दिएको छ ।

Advertisement

Advertisement