‘टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी’का विजेतालाई स्कुटरसहित आकर्षक पुरस्कारहरु प्रदान

Advertisement

काठमाडौं । नेपाली दुई पांग्रे बजारमा ‘टेक्नोलोजी चयाम्पियन्स’को रुपमा परिचित टिभिएसले ’टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी’ नामक नयाँ वर्षको योजनाको विजेता घोषणा गरी पुरस्कार वितरण गरेको छ ।

नयाँ वर्ष २०८१ को योजनाअन्तर्गत ग्राहकलाई टिभिएसका बाइक तथा स्कुटरको खरिदमा लाइफटाइम वारेन्टीको सुबिधाको साथ साथै हरेक हप्ता सत प्रतिशत क्यास ब्याक, स्योरसर्ट क्यास डिस्काउन्ट, एक्सचेन्ज गर्दा बजार मूल्य भन्दा थप मूल्यांकन, र बजारकै सबैभन्दा कम ईएमई तथा सजिलो फाइन्यान्स सुबिधा जस्ता आकर्षक अफरहरु उपलब्द गराएको थियो ।

Advertisement

योजनाअन्तर्गत अंकुश साहले एनटर्क ड्रमको खरीदमा रु. ५० हजार पुरस्कार जितेका छन् । त्यसैगरि, सपना सापकोटाले एनटर्क रेस ऐडिशन र गोदावरी ठगुन्नाले एनटर्क आरटीएफआईको खरीदमा सतप्रतिशत क्यासब्याक प्राप्त गरेका छन् । रामबहादुर राणाले रेडरको खरीदमा रु. ५० हजार पुरस्कार जितेको कम्पनीको भनाई छ । 

जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हो । देशभर १४० भन्दा बढी डिलरको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन सफल भएको छ । 

Advertisement

Advertisement