अठार वर्षीय निमा रिन्जी शेर्पाले गरे मकालु हिमालको सफल आरोहण

Advertisement

काठमाडौं । १८ वर्षीय निमा रिन्जी शेर्पाले मकालु हिमालको सफल आरोहण गरेका छन् । 

यसअघि बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण गरेका उनले आज बिहान ७ः२० बजे मकालु हिमालको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स कम्पनीका प्रबन्ध निर्देशक टासी लाक्पा शेर्पाले जानकारी दिए ।

Advertisement

उनले गएको अप्रिल १२ तारिखका दिन दिउँसोको १२ बजे बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण गरेको थियो । उनले अन्नपूर्ण–१ को सफल आरोहणसँगै विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु मध्ये १२ वटा हिमालहरुको सफलतापूर्वक आरोहण गर्न सफल भएका छन् । 

यसअघि १७ वर्षको उमेरमा निमा रिन्जी शेर्पाले केटु हिमालको सफल आरोहण गरी विश्वमै केटु आरोहण गर्ने सबैभन्दा कान्छो आरोही बनेका उनले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु आरोहण गर्ने योजनामा छन् । अब दुई वटा मात्र हिमाल आरोहण गर्न बाँकी रहेको छ ।

विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गरी शेर्पा विश्वमै सबैभन्दा कान्छो आरोही बन्ने होडमा छन् । अब शेर्पाले शिशापाङ्मा हिमाल र  कञ्चनजङ्घा हिमालको आरोहण योजना रहेको सेभेन समिट ट्रेक्स कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement