राजश्व अनुसन्धान विभागको महानिर्देशकमा चक्रबहादुर बुढा, परराष्ट्रमा सरुवा भए ढुंगाना

Advertisement

काठमाडौं । राजश्व अनुसन्धान विभागको महानिर्देशकमा चक्रबहादुर बुढाको सरुवा भएको छ ।  सरकारले महानिर्देशक नवराज ढुंगानालाई परराष्ट्र मन्त्रालयमा सरुवा गरी बुढालाई विभागमा पठाएको हो ।

बुढालाई हालै पर्यटन विभागबाट सरुवा गरेर प्रधानमन्त्री कार्यालयमा ल्याइएको थियो । गत असारमा राजस्व अनसन्धान विभागको महानिर्देशकमा ढुंगाना नियुक्त भएका थिए । 

Advertisement

महानिर्देशक हुँदा गत साउन २ गते ६० किलो सुन समातेर चर्चा कमाएका ढुंगाना हालसालै अमेरिकी कम्पनी कोटीभीटी विरुद्ध १० अर्बको मुद्दा दायर गरेपछि विवादमा तानिएका थिए । 

Advertisement

Advertisement