कर नतिर्नेमा सरकारी स्वामित्वकै जनक शिक्षा सामग्री केन्द्रदेखि नर्भिक हस्पिटलसम्म

कर तिर्न पच्चिस कम्पनीले गरे अटेरी, पन्ध्र दिनभित्र नतिरे कारबाही गर्ने विभागको चेतावनी

Advertisement

काठमाडौं । पच्चिस ठूला कम्पनी (करदाता) ले बक्यौता कर तिर्न अटेरी गरेका छन् ।

आन्तरिक राजस्व विभागले विभिन्न समयमा कर संकलन भ्रमण, अनुरोध, पत्राचार र फोन सम्पर्क गरी जानकारी गराउँदा पनि बक्यौता कर तिर्न अटेरी गर्ने  पच्चिस कम्पनी तथा करदातालाई १५ दिनभित्र आ–आफ्ना नाममा कायम बक्यौता दाखिला गर्न निर्देशन दिएको छ ।

Advertisement

विभागले ठूला करदाता हरिहर भवन, ललितपुरअन्तर्गतका करदातालाई बक्यौता दाखिला गर्न भनेको हो । साथै, दाखिला भइसकेको भए प्रमाण पेस गर्न पनि विभागले आग्रह गरेको छ । 

कर नतिर्नेमा कृषि सामग्री कम्पनी लिमिटेड, उदयपुर सिमेन्ट प्रालि, माउन्ट एभरेस्ट ब्रुअरी, पेन इडिया इनफ्राप्रोजेक्टस, हिमाल आइरन एन्ड स्टिल रहेका छन् । 

त्यस्तै, शुभश्री अग्नि सिमेन्ट उद्योग प्रालि, श्री जयन्ती निर्माण सेवा, गण्डकी विकास बैंक, सुमेरु बचत तथा ऋण सहकारी, नर्भिक इन्टरनेसन हस्पिटल एन्ड मेडिकल कलेज, अरनिको आँबुखैरनी सिमेन्ट प्रालिले पनि बक्यौता कर नतिरेको विभागले जनाएको छ ।

साथै, जनक शिक्षा सामग्री केन्द्र, सीई कन्स्ट्रक्सन प्रालि, टाइगर्स ब्रुअरी इन्डस्ट्रिज, सुबिसु केबलनेट लिमिटेड, इस्टर्न एजेन्सिज प्रालि, सुनाम इन्फ्रास्ट्रक्चर निर्माण प्रालि, कसमस सिमेन्ट इन्डस्ट्रिज प्रालि, बतास ब्रदर्श प्रालि, महालक्ष्मी वायर एन्ड केबल इन्डस्ट्रिज प्रालिले पनि तिर्नुपर्ने बक्यौता कर नतिरनेको विभागको भनाइ छ । 

त्यसैगरी, विशाल सिमेन्ट इन्डस्ट्रिज प्रालि, ग्रिन हिल सिटी, अयोकी सिम्बोल इरेक्टर्स नेपाल प्रालि, शिव शिखर एग्रो प्रालि र कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले समेत कर तिर्न अटेरी गरेका छन् । 

तोकिएको समयभित्र कर रकम दाखिला नगरे या प्रमाण पेस नभएमा आयकर ऐन, २०५८ को दफा १०४ देखि १११ सम्म, एवं मू.अ.कर ऐन, २०५२ को दफा २१ (१) तथा नियमावली, २०५३ को नियम ५२ र ५३ मा उल्लेखित सबै वा कुनै एक कारबाही गरी बक्यौता असुलउपर गर्नेसमेत विभागले चेतावनी दिएको छ । 

 

Advertisement

Advertisement