सर्वोत्तम सिमन्टेको नाफा ३२ प्रतिशतले बढ्यो, यस्तो छ वित्तीय अवस्था

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सर्वोत्तम सिमेन्ट लिमिटेडको खुद नाफा बढेको छ ।

चालू आवको चैत मसान्तसम्म कम्पनीले १२ करोड ७ लाख रुपियाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिसम्ममा कम्पनीले ९ करोड १२ लाख रुपियाँ खुद नाफा कमाएको थियो । यो गत आवको तुलनामा ३२.०३ प्रतिशतले बढी हो । 

Advertisement

समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ५५ करोड ९० लाख रुपियाँ बिक्री आम्दानी गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा २५.१६ प्रतिशतले बढी हो । त्यस्तै, यस अवधिमा कम्पनीको अन्य आम्दानी ७४०.१६ प्रतिशतले बढेर ३ करोड ८ लाख रुपियाँ पुगेको छ भने कुल खर्च ४.७६ प्रतिशतले बढेको छ ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३.४६ रुपियाँ, प्रतिशेयर नेटवर्थ २१२.७३ रुपियाँ र मूल्य आम्दानी अनुपात २४४.७९ गुणा रहेको छ ।
 

Advertisement

Advertisement