मातातीर्थ कुण्डमा स्नान गर्न बिहानैदेखि घुइँचो (तस्बिरहरू)

Advertisement

काठमाडौं । आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर देशैभरि मातातीर्थ औंशी मनाइँदै छ । 

बिहानै उठी नुहाइ–धुवाइ गरी आफ्नी आमालाई उपहार र मिष्ठान्न दिई आमाको मुख हेर्ने र आशीर्वाद थाप्ने चलन छ । 

Advertisement

आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्छन् , दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्नका लागि काठमाडौंको चन्द्रगिरिमा रहेको मातातीर्थमा मेला लाग्ने गर्छ । 

मातातीर्थ मन्दिरस्थित मातातीर्थ कुण्डमा स्नान गर्नेहरुको भीड छ । मेलामा सहभागी भई कुण्डमा दर्शन गरेमा आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास रहेको छ ।

null

null

null

null

null

null

null

null

null

Advertisement

Advertisement