आईजीआई प्रुडेन्सियलको नाफामा छलाङ, १८१ प्रतिशतले बढ्यो, अरु सुचक पनि आकर्षक

Advertisement

काठमाडौं । आईजीआई र प्रुडेन्सियल इन्स्योरेन्स मर्ज भएर बनेको कम्पनी अर्थात् आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले चालु आर्थिक बर्ष २०८०–८१ को अघिल्लो नौ महिनामा आफ्नो खुद नाफा १८१ प्रतिशतले बढाउन सफल भएको छ । 

कम्पनीले बुधबार सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार चैत मसान्तसम्म कम्पनीले ४६ करोड ७६ लाख २९ हजार रुपियाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधीको तुलनामा ३० करोड १२ लाख ३५ हजार रुयियाँ बढी हो । 

Advertisement

गत आवको सोही अवधीमा कम्पनीले १६ करोड ६३ लाख ९४ हजार रुपियाँ मात्रै नाफा कमाएको थियो । बीमांकीय मूल्यांकनपछि आईजीआई प्रुडेन्सियलको नाफा थप बढ्ने छ । बीमांकीय मूल्यांकन गर्दा बीमांकीले बीमा कोषको १० प्रतिशत रकम नाफा–नोक्सान खातामा सार्न सक्नेछन् । त्यो अवस्थामा कम्पनीको नाफा थप बढ्नेछ । 

तीन अर्ब चुक्तापुँजी रहेको यस कम्पनीको नेटवर्थ भने १८१.९१ कायम भएको छ । यसैगरि, प्रतिशेयर आम्दानी २०.५८ प्रतिशत रहेको छ भने प्रतिशेयर कुल सम्पत्तिको मूल्य ३९०.८३ र पीई रेसियो २६.१ रहेको छ ।

कति छ बीमाशुल्क ? 
समीक्षा अवधीमा आईजीआई प्रुडेन्सियलको कुल बीमाशुल्क संकलन पनि ७८ प्रतिशतले बढेको छ । गत आवको समीक्षा अवधीमा कम्पनीको कुल बीमाशुल्क संकलन एक अर्ब २८ करोड चार लाख रुपियाँ थियो भने अहिले त्यो बढेर दुई अर्ब २८ करोड ४६ लाख रुपियाँ पुगेको प्रतिवेदनमा उल्लेख छ । 

बढायो लगानी 
चालु आवको अघिल्लो नौ महिनामा कम्पनीले आफ्नो लगानी रकम पनि बढाएको छ । कम्पनीले आफ्नो अल्पकालिन लगानी १६२ प्रतिशतले बढाएको छ । गत आवको सोही अवधीमा कम्पनीको अल्पकालिन लगानी रकम एक अर्ब ५७ करोड ५५ लाख रुपियाँ थियो । अहिले त्यो चार अर्ब १२ करोड २३ लाख रुपियाँ पुगेको छ । 

कम्पनीको दीर्घकालिन लगानी भने १०४ प्रतिशतले बढेको छ । गत आवको समीक्षा अवधीमा कम्पनीको दीर्घकालिन लगानी ५४ करोड ८६ लाख ३७ हजार रुपियाँ थियो भने अहिले त्यो एक अर्ब ११ करोड ७४ लाख रुपियाँ देखिएको छ । मर्ज भएसँगै कम्पनीको लगानी गर्ने क्षमता बढेको छ । त्यसपछि कम्पनीले लगानी रकम बढाएको देखिन्छ ।

Advertisement

Advertisement