बाढीले आयोजनामा क्षति पुर्याएपछि वरुण हाइड्रोपावर नोक्सानीमा

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको त्रैमाससम्म आइपुग्दा वरुण हाइड्रोपावर नोक्सानीमा रहेको छ ।

समीक्षा अवधिमा कम्पनी चार करोड ९२ लाख रुपियाँ नोक्सानीमा रहेको छ । गत आवमा कम्पनीले एक करोड ४२ लाख रुपियाँ नाफा कमाएको थियो।

Advertisement

गत वर्ष बाढीले हेवा खोला साना जलविद्युत आयोजनामा क्षति पुर्याएपछि विद्युत उत्पादन नभएका कारण कम्पनी नोक्सानीमा पुगेको कम्पनीले जनाएको छ । 

५२ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ३ करोड ८ लाख रुपैयाँ ऋणात्मक रहेको छ । 

समीक्षा अवधिमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १२.२७ रुपियाँ ऋणात्मक छ भने प्रतिशेयर नेटवर्थ १०२.४१ रुपियाँ रहेको वित्तीय विवरणमा उल्लेख छ ।

Advertisement

Advertisement