एईसीसीले शुक्रबार अष्ट्रेलिया एजुकेसन फेयर गर्दै, सतप्रतिशतसम्म छात्रवृत्तिको अफर

Advertisement

काठमाडौं । नेपालको प्रतिष्ठित र ठूलो शैक्षिक परामर्श सेवा प्रदायक एईसीसी काठमाडौंले वैशाख २८ (मे १०)मा अष्ट्रेलिया एजुकेसन फेयर २०२४ आयोजना गर्न लागेको जनाएको छ ।

कक्षा १२ को परीक्षा दिनेहरुका लागि सतप्रतिशतसम्म छात्रवृत्तिको अफर समेत रहेको छ । कक्षा १२ र व्याचरका विद्यार्थीहरुले छात्रवृत्तिका लागि अष्ट्रेलियाका १५ उत्कृष्ट विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष परामर्श गर्न सक्नेछन् ।

Advertisement

उनीहरुसँग छात्रवृत्तिसँगै निःशुल्क भिसा, जेनुअन फाइनान्सियल काउन्स्लिङ पनि पाइने भन्दै एईसीसीले ब्रिटिस काउन्सिल, पिर्सन, पीटीएसका प्रतिनिधिहरुसँग पनि भेट्न सकिने जानकारी दिएको छ । साथै, सहभागी विद्यार्थीले आईईएलटीएस, पीटीई, टोफल, स्याट, जीआरई कक्षाहरुमा ६० प्रतिशतसम्म छुट पाउने छन् । 

मेला बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म एईसीसीको कार्यालय डिल्लीबजारमा आयोजना हुनेछ । 

Advertisement

Advertisement