नेपाल बैंकको सप्तरीस्थित फत्तेपुर शाखामा कार्यरत सुरक्षाकार्डको हत्या, एक जना पक्राउ

Advertisement

काठमाडौं । सप्तरीमा नेपाल बैंक लिमिटेडका एक जना सुरक्षा गार्डको हत्या गरिएको छ । सप्तकोशी नगरपालिका–१ फत्तेपुरमा रहेको उक्त शाखामा कार्यरत ५५ वर्षीय सुरक्षा गार्ड पर्शुराम फुँयालको हत्या भएको हो ।

आज बिहीबार बिहान ३ बजेर १८ मिनेटमा घाँटीमा खुकुरी प्रहार गरी उनको हत्या गरेको प्रहरीको भनाई छ । सीसीटीभी फुटेजमा देखिएअनुसार एकजना व्यक्ति भित्र पसेर गार्डमाथि खुकुरी प्रहार गरी हत्या गरेर बैंकमा लुटपाटको प्रयास गरेका थिए । 

Advertisement

सप्तरीका प्रहरी प्रवक्ता ढुण्डीराज न्यौपानेका अनुसार घटना भएको थाहा पाएपछि बिहान प्रहरी घटनास्थल पुगेको थियो । हत्यामा संलग्नले बैंकभित्र पसेर लकर, काउन्टर फुटाउने प्रयास गरेका थिए । घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटनाको छानविन भइरहेको प्रहरीले जनाएको छ । 

Advertisement

Advertisement