सगरमाथाको चुचुरोसम्मको ‘रोप फिक्सिङ’ सम्पन्न, वसन्त ऋतृको आरोहण सुरु

Advertisement

लुक्ला, दिङबोचे । वसन्त ऋतुका लागि सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न चुचुरोसम्मको ‘रोप फिक्सिङ’ सम्पन्न भएसँगै सन् २०२४ को वसन्त ऋतुका लागि आरोहण खुल्ला भएको छ । 

‘रोप फिक्सिङ’ सेभेन समिट ट्रेक्स कम्पनीले गरेको हो । कम्पनीका अनुसार टिमले आज (शुक्रबार)का दिन राति ८ः१५ बजे सगरमाथाको चुचुरोसम्मको ‘रोप फिक्सिङ’ गरेको हो । 

Advertisement

क्याम्प–२ देखि सगरमाथाको चुचुरो सम्मकोे ‘रोप फिक्सिङ’ टिम लिडर देन्डी शेर्पासहित १० जनाको टिमले गरेका हुन् । हाल सम्म सगरमाथा लगायत ३० वटा हिमाल आरोहणको लागि अनुमति लिइसकेका छन् । नौ सय ५६ जनाले हिमाल आरोहणको लागि अनुमति लिएको पयृटन विभागले जनाएको छ । 

यसमा दुई सय महिला र ७५६ जना पुरुष रहेका छन् । उक्त आरोहीहरुबाट सरकारले ६७ करोड १४ लाख ६१ हजार ६ सय ९१ रुपियाँ रोयल्टी सकंलन गरेको छ ।

यो आरोहणसँगै सर्वोच्च शिखर सगरमाथाका लागि अनुमतिप्राप्त स्वदेशी तथा विदेशी पर्वतारोहीहरूका लागि आरोहणको बाटो खुलेको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्णय अनुसार सन् २०२४ को वसन्त ऋतुमा सगरमाथा हिमालचुलीको दोस्रो शिविरदेखि चुचुरोसम्म हिमाली बाटो निर्माण (रुट फिक्सिङ) गर्न पर्यटन बिभागबाट पर्वतारोहण सञ्चालक संघलाई जिम्मेवारी प्रदान गरिएकोमा उक्त संघबाट छनौट भई सेभेन समिटिले दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो निर्माण गर्ने जिम्मा पाएको थियो । 

सेभेन समिटका फिल्ड मेनेजर टेन्डी शेर्पाले सगरमाथाको बाटो खोल्ने टोलीलाई आधारशिविरबाट संयोजन गरेका थिए । बाटो खोल्ने कार्यमा देण्डी शेर्पा, तेन्जिङ ग्याल्जे शेर्पा, नाम्गेल दोर्जी तामाङ, दावा रिन्जी शेर्पा, दावा शेर्पा, रिन्जी शेर्पा, पेम्बा तासी शेर्पा, पेम दोर्जी शेर्पा र लाक्पा शेर्पा सहभागी थिए ।

‘हाइअल्टिच्युट क्यामेराम्यान’ शेर्पाले गरे मकालु हिमालको सफल आरोहण
‘हाइअल्टिच्युट क्यामेराम्यान’ फुर्वा सोनाम शेर्पाले मकालु हिमालको सफल आरोहणल गरेका छन् । विश्वका सबैभन्दा अग्ला १४ हिमाल आरोहण गरेर विश्वकै पहिलो ‘हाइअल्टिच्युट क्यामेराम्यान’ बन्ने दौडमा रहेका शेर्पाले अब शिशापाङ्मा हिमालको मात्र आरोहण गन बाँकी रहेको छ । 

शिशापाङ्मा हिमालको सफल आरोहण गरेसगैँ उनी विश्वका सबैभन्दा अग्ला १४ हिमाल आरोहण गरेर विश्वकै पहिलो ‘हाइअल्टिच्युट क्यामेराम्यान’ बन्ने छ ।

शेर्पाले यही मे ५ का दिन बिहान ९ः३० बजे मकालु हिमालको चुचुरोमा पाइला टेकेको कर्पोरेट नेपालसँग बताए । उक्त हिमालको आरोहणसँगै उनले १३ वटा हिमालको आरोहण पूरा गरिसकेका छन् । अब शिशापाङ्मा हिमालको सफल आरोहण गरेर आफ्नो लक्ष्य पूरा गर्ने योजनामा शेर्पा छन् ।  

विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाललाई ‘फोर्टिन पिक्स’ भनिन्छ, जुन हिमालहरु आरोहण गरेपछि हिमाल आरोहणका क्षेत्रमा महत्वपूर्ण सफलता मानिन्छ । फुर्वाले अन्नपूर्ण, ल्होत्से, मनास्लु, सगरमाथा, कञ्चनजङ्घा, नाङ्गा पर्वत, गाशरब्रम–१, गाशरब्रम–२, ब्रोडपिक, केटु, धौलागिरी, चोयु, मकालु हिमालको आरोहण गरिसकेका छन् । शिशापाङ्मा तिब्बतमा पर्छ । 

सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित खरिखोलामा जन्मिएका फुर्वाले यो आरोहणको सुरुवात अन्नपूर्णबाट गरेका थिए । 

उनले ल्होत्से तीन पटक, सगरमाथा दुई पटक, मनास्लु तीन पटक आरोहण गरेका छन् भने बाँकी एक–एक पटक गरेका छन् । फुर्वाले मेरा पिक, आइस ल्याण्ड पिक, अमाडब्लाम, चुलु फार इस्ट, दक्षिण अमेरिकामा रहेको आकाङकागुवा लगायतका थुप्रै पिकहरुको पटक पटक आरोहण गरिसकेका छन् ।

आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणका लागि भने विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको तत्कालिन निकै महत्वकांक्षी परियोजना ‘प्रोजेक्ट पोसिबल’को टिममा रहेर काम गर्न उनलाई विश्व कीर्तिमानी पर्वतारोही मिङमा डेविट शेर्पाले प्रस्ताव राखेका थिए । 

सन् २०१५ देखि नै फोटोग्राफी गर्दै आएका फुर्वाको पहिलो हाईअल्टिच्युड फोटोग्राफीको शुरुवात अमाडब्लाम एक्सपिडिसनबाट भएको थियो । विश्व रेकर्डको नजिक पुग्दा यसको सफलतको पछाडी निर्मल पुर्जा र मिङ्मा डेबिट शेर्पाको महत्वपूर्ण साथ र सहयोग रहेको बताए ।

Advertisement

Advertisement