नेपाल टेलिकमको खुद नाफामा झिनो वृद्धि, आम्दानी भने घट्यो

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्ममा नेपाल टेलिकमको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ ।

समीक्षा अवधिमा कम्पनीले ५ अर्ब ५९ करोड ३७ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.३६ प्रतिशत बढी हो । गत आवमा यस्तो नाफा ५ अर्ब ४१ करोड रुपियाँ थियो । 

Advertisement

चैत मसान्तसम्म कम्पनीको आम्दानी ६.८२ प्रतिशत घटेर २५ अर्ब ४८ करोड रुपियाँमा सीमित भएको छ । त्यस्तै, कम्पनीको वित्तीय आम्दानी ८.९० प्रतिशत, कुल आम्दानी ६.०३ प्रतिशत र वित्तीय खर्च ६६.८२ प्रतिशतले घटेको छ ।

तेस्रो त्रैमाससम्म नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १.३५ रुपियाँ बढेर ४१.४४ रुपियाँ पुगेको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ ५१२.९९ रुपियाँ र मूल्य आम्दानी अनुपात २०.१३ गुणा रहेको छ ।

समीक्षा अवधिमा १८ अर्ब रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ७४ अर्ब ३३ करोड ८६ लाख रुपियाँ सञ्चित रहेको प्रकाशित वित्तीय विवरणमा उल्लेख छ।

Advertisement

Advertisement