लाभांश प्रस्ताव पारित गर्न सीईडीबी हाइड्रोको साधारणसभा आज बस्दै

Advertisement

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारणसभा आज (वैशाख ३१ गते) बस्दै छ ।

सभा नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा बिहानको ८ बजेदेखि सुरु हुनेछ । 

Advertisement

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्तावसहित आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ को साधारणसभा बोलाएको हो । 

सभाले आव २०७७/७८ र २०७८/७९ का लागि चुक्ता पुँजीको ११ प्रतिशत बोनस शेयर जारी र कर प्रयोजनका लागि ०.५७८९ प्रतिशत नगद लाभांश स्वीकृत गर्नेछ ।

त्यस्तै, दुवै आवकाे वार्षिक प्रतिवेदन वासलात, नाफानोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाहलगायतका वित्तीय विवरण अनुमोदन र पारित गर्ने एजेन्डा रहेको छ ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख १९ गते देखि ३१ गतेसम्म बुक क्लोज गरेको छ । यसअनुसार वैशाख १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

Advertisement