जिटो नेपाल र जिटो टिन्याप्ट्स जोनबीच सिस्टर च्याप्टर सम्वन्ध स्थापना गर्ने समझदारी

Advertisement

जैन इन्टरनेसनल ट्रेड अर्गनाइजेसन (जिटो) नेपाल र जिटो टिन्याप्टस जोनबीच समझदारी भएको छ । जिटो टिन्याप्ट्स जोन– हेदराबाद, कोइम्बटोर र विशाखापटनम शाखासँग सिस्टर च्याप्टर सम्वन्ध स्थापना गर्न यो समझदारी भएको हो । 

 जिटो नेपाल च्याप्टरका अध्यक्ष कमल बेगानीद्धारा आयोजित समारोहमा हस्ताक्षर सम्पन्न भएको सो संस्थाले जनाएको छ । जिटो विश्वभरका जैन उद्योगी, व्यवसायी, पेशेवरहरुको समुदाय हो जसमा अमेरिका, युरोप, अट्रेलिया, भारत, नेपालसहित २८ देशका १५ हजार ४११ जना सदस्य छन् । संस्थाले सदस्यहरुको आर्थिक सशक्तिकरण, ज्ञान र सेवाका उद्देश्य पूरा गर्न भूमिका खेल्छ । 

Advertisement

कम्पनी ऐन २०६३ अनुसार सन् २०१७ मा स्थापना भएको जिटो नेपाल च्याप्टरले नैतिक व्यापार अभ्यास, नेटवर्किङ, र सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्दै आएको छ । साथै, संस्थाले आफ्ना सदस्यहरुबीचको सम्पर्कलाई सहज बनाउने, ज्ञानको आदानप्रदानलाई बढावा दिने, जैन समुदायमा सीपको विकास गर्ने, दान अभियान तथा वृक्षारोपण कार्यक्रम गर्ने, खेलकुद प्रतियोगिता आयोजना गर्ने जस्ता गतिविधि गर्दै आएको छ । 

हस्ताक्षर कार्यक्रममा भारतबाट टिन्याप्ट्स जोनका दुई सय सदस्य सहभागी रहेको भन्दै जिटो नेपाललले यस समझदारीले नेपाल र भारतबीच विचार, ज्ञान, उत्कृष्ट व्यापार अभ्यासलाई सहज बनाउने, नेटवर्किङ, सांस्कृतिक आदानप्रदान, परोपकारी कार्यमा सामुहिक कार्यलाई प्रवर्द्धन गर्ने विश्वास लिइएको छ ।

साथै, जिटो नेपाल र यसको युवा शाखाले वैशाख १५ देखि ३० सम्म सगरमाथा आधार शिविरको पदयात्राको समेत आयोजना गरेको छ । यसमा भारत, नेपाल, दुवई, थाइल्याण्ड,का १७ देखि ७४ बर्षका १८ जना सहभागी रहेको संस्थाले जनाएको छ । 

Advertisement

Advertisement