अनलाइन बेटिङमार्फत अर्बौंको अवैध कारोबार गरेको भन्दै एक जना पक्राउ

Advertisement

काठमाडौं । अनलाइन सट्टेबाजी (बेटिङ)मा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिकाका २४ वर्षीय अनिल ढुंगाना हुन । उनलाई सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो । 

अनलाइन वेटिङको माध्यम एक्सबेट, जुवा ३६५, क्रिप्टोलगायतमा सट्टाबाजी गर्न रकम लगाउने, संकलन गर्ने गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । ढुंगानाले दुई अर्बभन्दा बढीको अवैध कारोबार गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको भनाई छ । 

Advertisement

उनले विभिन्न व्यक्तिहरुका नाममा रहेका मोबाइल नम्बरबाट ११ वटा कनेक्ट आईपीएस, १५ वटा ईसेवा वालेटमा लिंक गरिएका ५६ वटा बैंकमा हालसम्म दुई अर्ब एक करोड १८ लाख ४४ हजार रुपियाँ कारोबार गरेको भेटिएको प्रहरीको भनाई छ । 

कार्यालयका प्रमुख सानुराम भट्टराराईले बिनान्समार्फत २ वटा खाता प्रयोग गरेर ढुंगानाले २४३ प्रकारका क्रिप्टोकरेन्सीमा एक अर्ब ३४ करोड रुपियाँ कारोबार गरेको भेटिएको छ । 

Advertisement

Advertisement