सिटी एक्सप्रेस मनी ट्रान्स्फरले युएईमा सांगीतिक  कार्यक्रम गर्दै

Advertisement

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले आउदो मे १९ तारिखका दिन युएईस्थित बरदुबईको एसके ७ क्लबमा सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । 

उक्त कार्यक्रममा नेपालका प्रशिद्ध कलाकारहरुले आफ्नो प्रस्तुती दिने छन् । चर्चित हास्य कलाकार तथा सिटी एक्स्प्रेस मनी ट्रान्सफरका ब्रान्ड एम्बेस्डर जितु नेपाल,  चर्चित आधुनिक गायिका मिलन नेवार, लोकप्रिय लोक दोहोरी गायक खेम सेन्चुरी, गायिका शान्तीश्री परियार र कलाकार अन्जली अधिकारीले बिशेष प्रस्तुती दिने भएका छन् ।   

Advertisement

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा प्रयोग गरेर युएई बाट थुप्रै नेपालीहरुले आफ्नो घर परिवारमा सुरक्षित तरिकाले आफ्नो दुखको  कमाइ पठाउन सकिरहेका छन । आफ्ना ग्राहक तथा युएईस्थित सम्पूर्ण नेपालीहरुलाई मनोरन्जन दिलाउने हेतुले यो कार्यक्रम आयोजना हुन लागेको सिटी एक्सप्रेस मनी ट्रान्स्फरले जानकारी दिएको छ । 

सिटी एक्सप्रेसले बिगत १७ वर्षदेखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।
 

Advertisement

Advertisement