नयाँ जसपाका नेता प्रदीप यादवले खाए स्वास्थ्य तथा जनसंख्या मन्त्रीको सपथ

Advertisement

काठमाडौं । नयाँ जनता समाजवादी पार्टी (जसपा)का नेता प्रदीप यादवले स्वास्थ्य तथा जनसंख्यामन्त्रीको रुपमा पद तथा गोपनीयताको सपथ लिएका छन् । 

उपेन्द्र यादव नेतृत्वको पार्टी विभाजित गरी बनेको नयाँ दलका नेता यादवलाई स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त गरिएको हो ।

Advertisement

नियुक्त भएलगत्तै राष्ट्रपतिको सरकारी निवास शीतलनिवासमा मन्त्री यादवले पद तथा गोपनीयताको सपथ लिए । यो मन्त्रालय यसअघि उपेन्द्र यादवले सम्हाल्दै आएका थिए । उनले आजै मन्त्रीबाट राजीनामा दिएपछि प्रदीपलाई पदमा पुग्न बाटो खुलेको हो । उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । 

जसपा नेपालबाट विभाजन भएको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी बनाउन प्रदीप यादवले सक्रिय भूमिका खेलेका थिए । उक्त समूहबाट नवलकिशोर साह सुडी वनमन्त्री छन् । 

Advertisement

Advertisement