राशिफलः आज (जेठ १) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल जेठ महिनाको १ गते मंगलबार, वैशाख शुक्लपक्षको सप्तमी तिथि । आज ज्येष्ठ संक्रान्ति अर्थात ज्येष्ठ महिना आरम्भ । आज गंगासप्तमी, गंगोत्पत्ति भएको तिथि ।

मेष 
प्राज्ञिक क्षेत्रमा प्रगति हुने छ । मनमा अन्योलता कम हुने छ । आयात निर्यातका काममा बाधा ब्यवधानहरु आउने छन् । राम्रा सपना देखिने भएकाले सकुन मिल्ने छ । परिवारमा मिलन हुने र साथ पनि मिल्ने छ । शेयर बजारमा सतर्कतापूर्वक अघि बढ्नु पर्ने छ ।

Advertisement

वृष 
भाग्य कमजोर रहने छ, त्यसैले हुन–हुन लागेका काममा पनि अड्चन आउने छ । बोलीको प्रभाव बढ्न जाने भएकाले मार्केटिङ्ग, जनसम्पर्क क्षेत्रमा संलग्नहरुले लाभ प्राप्त गर्ने छन् । पत्रकारिता, ब्यवस्थापन आदी क्षेत्रमा संलग्नहरुमा दृढता विकास हुने छ । शेयर बजारको लगानीमा थोरै मात्र लाभ मिल्ने छ ।

मिथुन 
ब्यक्तित्वमा बोल्डपना ह्वात्त बढ्ने छ । आम्दानी बढ्न पुग्ने छ भने शत्रु नाश हुने छन् । श्रमसम्बन्धी समस्या बढ्न पुग्ने छ । छोटो–छोटा यात्रा गर्ने अवस्था आउने छ । बोलीमा शितलता आउने भएकाले पारीवारिक काममा सफलता मिल्ने छ । 

कर्कट
मनमा सुख सन्तोष मिल्ने छ । ज्ञानको क्षेत्रमा प्रगति हुने छ । पेशागत जीवनमा सफलता प्राप्त हुने छ । ब्यापार विजनेशमा अपेक्षाकृत सफलता प्राप्त हुने छ । पेशागत जीवनमा मान सम्मान प्राप्त हुने देखिन्छ । शेयर बजारमा अघि बढ्न अस्वाभाविक मनोबल आउने छ ।

सिंह
बोलीमा रुखोपन बढ्ने भएकाले पारीवारिक सदस्यहरुका बीचमा धन सम्पत्ति तथा जग्गा जमिनका विषयमा कटुता बढ्न जाने छ । पेशागत जीवनलाई लिएर भने मनमा सन्तोष प्राप्त हुने छ । कामको कदर हुने भएकाले प्रशंसा मिल्ने छ । शेयर कारोवार जोखिमले भरिएको हुनाले विचार पु¥याएर मात्र लगानी गर्दा वाञ्छनीय हुने छ ।

कन्या
साह्रै कडा प्रकृतिको रिस हुने छ । यसकाकारण बन्न खोजेका कामहरु पनि बिग्रन जाने छ । तर भाग्यको साथ रहनाले पेशागत क्षेत्रमा भने सकारात्मक नतिजा आउने छ । मानसम्मान प्राप्त हुने छ । जोखिम लिने सोच हुने भएकाले शेयर कारोबारमा अघि बढ्न मन लाग्ने छ ।

तुला 
पेशागत जीवनमा आरोप पत्यारोप आउने छ । खासगरी साझेदारीको ब्यवसायमा समस्या उत्पन्न हुन पुग्ने छ । भाग्य बलियो भएकाले समस्यासँग जुध्ने तागत भने प्राप्त हुने छ । मन उदास हुने भएकाले आफैले गरेका निर्णयहरु प्रति पनि दुविधा भइरहने छ ।

वृश्चिक
जमिन तथा धन सम्पत्तिका विषयमा बादबिबाद तथा द्वन्द बढ्न पुग्ने छ । चतु¥याईको अभावका कारण निर्णय क्षमतामा कमि आउने छ । पानी, मदिरा, दुग्ध जस्ता तरल पदार्थ सम्बन्धी ब्यवसायमा संलग्नहरुले भने आम्दानी बढाउने छन् ।

धनु
पारीवारिक विषयलाई लिएर प्रशासनिक तथा न्यायिक निकायमा द्वन्द चर्किने देखिन्छ । बोल्ड ब्यक्तित्व हुने भएकाले प्रशासनिक तथा न्यायिक मुद्धा मामिला तथा द्वन्दमा विजय हुने छ । साभेदारीमा समझदारीपूर्ण वातावरण तयार हुने छ । शेयर बजारमा आंशिक लाभ प्राप्त हुने छ ।

मकर 
पैतृक सम्पत्तिका विषयमा परिवारमा रहेको बिबाद समाधानतर्फ जाने छन् । भित्रि बुद्धिको परिचालन हुने भएकाले साझेदारीका विजनेशमा लाभ प्राप्त हुने छ । तरल पदार्थको कारोवार तथा आयात निर्यातमा संलग्नहरुले भने ब्यवसायिक साखः गुमाउन पुग्ने छन् । शेयर बजारमा जोखिम उठाउने साहस आउने भएता पनि विचार गरेर मात्र अघि बढेमा जोखिमबाट बच्न सकिने छ ।

कुम्भ 
अलि निराशापूर्ण विचारले स्थान पाउने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने भएता पनि पेशागत जीवनमा भने विभिन्न आरोप पत्यारोप खेप्नु पर्ने अवस्था आउन जाने छ । साभेदारीको विजनेश तथा दैनिक ज्यालासम्बन्धी विषयमा टकरावको अवस्था आउने छ । शेयर क्षेत्रमा प्राप्ती भन्दा गुमाउने अनुपात बढी हुने देखिन्छ ।

मीन
ब्यक्तित्व शितल खालको हुन पुग्ने छ । शान्त स्वाभावका साथ काम गर्ने प्रवृत्ति देखा पर्ने भएकाले ब्यापार ब्यवसायमा प्रगतितर्फ पाइला चल्ने छ । औषधी, कपडा, ज्वेलर्स, ठेक्का पट्टा, इन्जिनियरिक क्षेत्रमा संलग्नहरुलाई लाभ मिल्ने देखिन्छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement