सन्दीप लामिछानेको मुद्दाको पेसी आज

Advertisement

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एवं लेग स्पिनर सन्दीप लामिछानेविरूद्धको बलात्कारसम्बन्धी मुद्दाको पेसी आजलाई तोकिएको छ । 

 वशाख २३ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा परेको मुद्दा ‘हेर्न नमिल्ने’ राखिएको थियो । 

Advertisement

काठमाडौं जिल्ला अदालतले गौशाला २६ लाई जबर्जस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिबाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजालसले गरेको फैसलाविरुद्ध सन्दीपले गत फागुन १० गते पुनरावेदन गरेका थिए ।

जिल्ला अदालतले सन्दीपलाई न्यूनतम सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुरावेदन गरेको छ । दुवै मुद्दामा एकसाथ सुनुवाइ हुन लागेको हो ।

उच्च अदालतले जिल्ला अदालतको फैसला सदर गरेमा सन्दीप जेल जानेछन् । साथै, उनले सर्वोच्चमा पुनरावेदन गर्दा पनि थुनामा बसेरै गर्नुपर्नेछ ।

Advertisement