रोयल इन्फिल्डको ‘गुरिल्ला ४५०’ सार्वजनिक हुँदै, यस्ता हुनेछन् फिचर्स
सांकेतिक तश्विर

Advertisement

काठमाडौं । चर्चित दुईपांग्रे सवारी साधन ब्राण्ड रोयल इन्फिल्डले नयाँ मोडल बजारमा ल्याउने भएको छ । 

कम्पनीले गुरिल्ला ४५० सार्वजनिक गर्न लागेको हो । मिडिया रिपोर्टसका अनुसार कम्पनीले यो नामलाई दर्ता गरिसकेको छ । 

Advertisement

यो मोटरसाइकल लुक्स, फिचर्स, र पावरको मामलामा प्रतिश्पर्धी ब्राण्ड भन्दा अब्बल रहेको भारतीय संचार माध्यमहरुले जनाएका छन् । 

यो मोटरसाइकलको परीक्षणको क्रममा देखिए अनुसार ग्राहकको मन जित्नसक्ने अनुमान गरिएको छ । 

गुरिल्ला ४५० मा ४५३ सिसिको लिक्विड कुल्ड सिङ्गल सिलिन्डर इन्जिन दिइएको छ, जसले ३९.४७ बिएचपी उच्च पावर र ४० एनएम टर्क जेनेरेट गर्छ । रोयल इन्फिल्ड हिमालयन ४५० मा पनि यही इन्जिन प्रयोग गरिएको थियो। त्यसैगरी गुरिल्ला ४५० मा ६ स्पिड गियर बक्स दिइएको छ ।
 
लुक्सको कुरा गर्दा यसले आफ्नो रोडस्टर डिएनएलाई नै पच्छाएको छ । यसमा राउण्ड एलईडी हेडल्याम्प र टर्न इन्डिकेटर, कम्प्याक्ट रेयर लुक्स, स्प्लिट सिट, टियर ड्रप सेपको फ्यूल ट्याङ्क र नयाँ डिजाइनको अलोय ह्विल हुनेछ । 

त्यसैगरी यसमा सिङगल पोड कलर टिएफटी इन्ट्रुमेन्ट क्लस्टर, स्मार्टफोन कनेक्टिभिटी, टर्न–बाई–टर्न नेभिगेसन सिस्टम, ट्र्याक्सन कन्ट्रोल, डुअल च्यानल एबिएस, डिस्क ब्रेक लगाएतका फिचर्स पाउन सकिन्छ । यसको मूल्य भने सार्वजनिक भएको छैन । 
    

 

Advertisement

Advertisement