राशिफलः आज (जेठ २) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल ज्येष्ठ महिनाको २ गते बुधबार, वैशाख शुक्लपक्षको सप्तमी तिथि ।

मेष 
कुलतका विषयमा रुचि हुने भएकाले सचेत रहनु होला । बोलीमा कडापना आउँदा अवस्था कठिन बन्ने खतरा देखिन्छ । परिवारमा पैतृक सम्पत्तिका विषयमा लफडा उत्पन्न हुने छ । यस विषयमा प्रशासनिक र न्यायिक क्षेत्रमा समेत पुग्नु पर्ने बाध्यता आउने देखिन्छ । पेशागत जीवनमा धेरै सकारात्मक बन्न सक्ने छैन् । आर्थिक असन्तुलन पैदा हुने छ । शेयर बजार लाभदायी रहने छ । 

Advertisement

वृष
विदेश यात्रामा सफलता मिल्ने छ । पेशाप्रति केन्द्रीत रहने धारणाले तिब्रता पाउने छ । बोलीको प्रभावले गर्दा पेशागत क्षेत्रमा प्रगति हुने छ । आम्दानीमा सोचे जस्तो नभए पनि केही बृद्धि देखिने छ । भाग्यको साथका कारण स–सानो मेहनतबाट पनि राम्रो आम्दानी प्राप्त हुने छ । परिवारमा शान्तिपूर्ण वातावरण कायम रहने छ । शेयर बजारबाट फाइदा मिल्ने छ । 

मिथुन 
यात्रामा जाने अवसर प्राप्त हुने छ । दृढ र सुरो खालको व्यक्तित्व हुने छ । रिसको अवस्था धेरै हुने भएकाले यस बारेमा ध्यान दिनु पर्ने देखिन्छ । पेशागत जीवन औसत अवस्थाबाट अघि बढ्ने छ । धेरै जोखिम लिने बेला छैन् । आम्दानीमा सोचे जस्तो प्रगति हुने छैन भने मनमा केही नकारात्मक चिन्तन बृद्धि गरिदिने छ । शेयर बजारमा गुमाउनु पर्ने छ ।

कर्कट
परिवारमा द्वन्दको वातावरण देखा पर्ने छ । मनमा दुविधा निरन्तर रुपमा आइ रहँदा निर्णय क्षमतामा सुस्तता र दोहोरोपना निरन्तर रहने छ । बौद्धिक क्षेत्रमा भने केही प्रगति हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा गिरावट आउने हुँदा कमजोर मनोबल देखा पर्ने छ । पेशागत जीवनमा सतर्कता अपनाउनु पर्ने समय रहेको छ । शेयर बजारमा चनाखो रहनु होला ।

सिंह
आर्थिक लाभ प्राप्त हुने छ । तर कार्यालय तथा उद्योग कलकारखानामा श्रमजन्य समस्याबाट जुध्नु पर्ने छ । पेशागत जीवनमा अपजस आइलाग्ने जोखिम छ । अनावश्यक विषयमा पनि भूमिका खेल्नु पर्ने भएका कारण आफ्नो उर्जा स–साना विषयहरुमा छरिन जाँदा सफलता कम प्राप्त हुने छ । पेशागत जीवनमा उतारचढावको सामना गर्नु पर्ने भएकाले धैर्य भएर पाइला चाल्नु उपयुक्त हुने छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छ ।

कन्या
संचित रकमले जीवनमा ठुलो प्रभाव खेल्ने छ । प्रभावकारी बोली बन्ने छ । तर भाग्यको साथ नभएका कारण गर्न खोजेका कामहरुमा धेरै संघर्ष गर्नु पर्ने छ । पेशागत जीवनमा उतारचढावको वातावरण रहने भएकाले धेरै महत्वाकांक्षा पाल्ने भन्दा निरन्तरताका लागि जोड दिनु उपयुक्त हुने छ । शेयर बजार अपेक्षाकृत रहने छैन् ।

तुला
स्वास्थ्यसँग सम्बन्धित विषयमा उच्च ध्यान दिनु पर्ने देखिन्छ । मनोबलमा कमि आउने छ । शारीरिक थकाई तथा पीडाले अत्याउने हुँदा यसबारेमा ध्यान दिनुहोला । दोहोरो खालको व्यक्तित्व रहेको अरुले अनुभुति गर्ने छन् । पेशागत जीवनमा पनि अस्थिरता तथा उत्पन्न हुन पुग्ने छ । आर्थिक कठिनाईसँग जुध्नु पर्ने छ । शेयर बजारमा गुमाउनु पर्ने छ ।

वृश्चिक
प्रशंसा भन्दा आलोचना बढ्ने छ । बोलीको प्रभाव घट्न जाने छ । त्यसैले संयमित भएर थोरै थोरै मात्र बोल्नु नै ठिक हुने छ । मनमा उदासिनताले सताउने छ । स–साना विषयलाई पनि निकै गहन रुपमा लिने बानीले गर्दा मनमा अनावश्यक तनावको अवस्था आउने छ । पेशागत जीवनमा धेरै महत्वाकांक्षा भन्दा निरन्तरतालाई ध्यान दिनु होला । शेयर क्षेत्र मध्यम रहने छ ।

धनु 
झैझगडाको अवस्थाबाट सकभर आफुलाई जोगाउनु पर्ने देखिन्छ । बोल्ड खालको व्यक्तित्व हुँदाहुँदै पनि आक्रोशले भरिएको स्वाभाव देखिने छ । भाग्यको साथका कारण पेशागत जीवनबाट लाभ मिल्ने छ भने आम्दानीमा पनि बृद्धि हुने छ । साझेदारीमा गरिएका काममा द्वन्दको अवस्था आउने छ । शेयर बजारबाट लाभ मिल्ने छ । 

मकर 
मित्रहरुको साथले उन्नति प्रगतिमा ठुलो भुमिका खेल्ने छ । आफ्ना इच्छा आकांक्षा पूर्तिका लागि परिरहने स्वाभाव हुने छ । पेशागत जीवनमा उचारचढावको सामना गर्नुपर्ने भएकाले संयमित भई पाइला चाल्नु होला । साझेदारीमा गरिएका कामहरुमा बिबाद उत्पन्न देखा पर्ने छ । दाम्पत्य जीवनमा बादबिबाद कम गर्नु नै उपयुक्त हुने छ । शेयर क्षेत्र औसत रहने छ ।

कुम्भ 
स्वास्थ्यमा समस्या देखिने छ । मनमा दुविधाले सताउने हुँदा कुरा धेरै खेल्ने छ । चिसोबाट बच्ने प्रयास हरदम गर्नु होला । पेशागत जीवनमा भने लाभहरु प्राप्त हुने छन् । साझेदारीमा गरिएका काममा फाइदा मिल्ने छ । बोली कडा शैलीको हुने हुँदा यसबारेमा संयम रहनु होला । शेयर बजारमा फाइदा हुने समय छैन् ।

मीन
समय अनुकुल रहेको देखिन्छ । त्यसैले उन्नति प्रगति हुने छ । आत्मबलले भरिएको व्यक्तित्व हुने छ । बोलीका कारण आँटेका कामहरु पुरा हुन ठुलो भुमिका खेल्ने छ । पेशागत क्षेत्रमा भने धैर्यता साथ मात्र कदमहरु मात्र पाइला चाल्नु होला । दाम्पत्य जीवनमा एक अर्कामा अविश्वासको अवस्था आउने छ । शेयर क्षेत्र अनुकूल रहने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement