क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनमाथि आज पनि सुनुवाइ हुँदै

Advertisement

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एवं लेग स्पिनर सन्दीप लामिछानेविरूद्धको बलात्कारसम्बन्धी मुद्दामाथि आज पनि सुनुवाइ हुँदैछ । 

मंगलबारबाट न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस जारी छ । 

Advertisement

मंगलबार बहस नसकिएपछि आजका लागि ‘हेर्दाहेर्दै’ मा राखिएको छ । आज यही इजलासले मुद्दाको सुनुवाइलाई निरन्तरता दिने र आजै फैसला गर्ने तयारी रहेको छ ।

काठमाडौं जिल्ला अदालतले गौशाला २६ लाई जबर्जस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिबाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजालसले गरेको फैसलाविरुद्ध सन्दीपले गत फागुन १० गते पुनरावेदन गरेका थिए ।

जिल्ला अदालतले सन्दीपलाई न्यूनतम सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुरावेदन गरेको छ । दुवै मुद्दामा एकसाथ सुनुवाइ हुन लागेको हो ।


उच्च अदालतले जिल्ला अदालतको फैसला सदर गरेमा सन्दीप जेल जानेछन् । साथै, उनले सर्वोच्चमा पुनरावेदन गर्दा पनि थुनामा बसेरै गर्नुपर्नेछ ।

Advertisement