अप्रिलमा भारतको खुद्रा मुद्रास्फीति  ०.०२ प्रतिशत विन्दुले घट्यो

Advertisement

एजेन्सी । भारतको खुद्रा मुद्रास्फीति अप्रिल महिनामा ०.०२ प्रतिशत विन्दुले घटेको छ । 

संघीय तथ्यांक तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अप्रिल महिनामा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति०.०२ प्रतिशत विन्दुले​ घटेको हो ।

Advertisement

मार्चमा ४.८५ रहेको मुद्रास्फीति अप्रिलमा ४.८३ प्रतिशत कायम भएको छ । 

त्यस्तै, खाद्य मुद्रास्फीति मार्चमा ८.५२ प्रतिशतबाट बढेर अप्रिलमा ८.७० प्रतिशत पुगेको तथ्यांकले देखाएको छ ।

Advertisement

Advertisement