जम्मा २० प्रतिशत डाउनपेमेन्ट गरेर ‘डल्फिन’ किन्दा कति पर्छ मासिक किस्ता ?

Advertisement

काठमाडौं । पछिल्लो समय नेपालमा विद्युतीय सवारी साधन ग्राहकका लागि ‘हट केक’ बन्न थालेको छ । आईसीई (पेट्रोलियम पदार्थबाट चल्ने) इन्जिनका गाडी मात्र बेच्नेहरुलाई शोरुममा ग्राहक तान्नै मुस्किल छ भने ईभी (विद्युतीय सवारी साधन) बेच्नेलाई गाडी डेलिभरी गर्न भ्याईनभ्याई जस्तै छ । 

यसअघि बैंकिङ क्षेत्रमा तरलता संकुचन देखिएपछि नेपाल राष्ट्र बैंकले आईसीई इन्जिनका गाडीको आयात र कर्जा प्रवाहमा कडाई गरे पनि ईभीमा राष्ट् बैंक उदार बन्दा यस्ता गाडीको बजार चम्किएको हो । 

Advertisement

फलस्वरुप सन् २०२२ मा नेपालमा १४२ वटा मात्र गाडी बेच्न सकेको चिनियाँ ईभी ब्राण्ड वीवाईडीले सन् २०२४ मा दुई हजार १७७ वटा गाडी बेचेर यो वर्ष देशकै दोस्रो धेरै गाडी बेच्ने ब्राण्ड बन्न पुग्यो । सन् २०२४ मा टाटाले सबैभन्दा धेरै दुई हजार ९२७ वटा बेच्यो जसमा ईभीको ठूलो हिस्सा छ ।  

आज हामी चिनियाँ ब्राण्ड वीवाईडीको नेपालमा उपलब्ध सबैभन्दा सस्तो ब्राण्ड ‘डल्फिन’ किन्दाको किस्ता, सुरुमा बुझाउनुपर्ने डाउनपेमेन्ट, ब्याजदर, मासिक किस्तालगायतको बारेमा जानकारी दिन्छौं । 

नेपाली बजारमा हाल डल्फिनको मूल्य ३९ लाख ८० हजार कायम गरिएको छ । विद्युतीय सवारी साधन खरीद गर्दा ग्राहकले २० प्रतिशत मात्र डाउनपेमेन्ट गरे हुन्छ । यो हिसावले ग्राहकले सुरुमा डल्फिन किन्दा सात लाख ७६ हजार रुपियाँ डाउनपेमेन्ट गरे पुग्छ । 

त्यस्तै, हाल विद्युतीय सवारीसाधन खरीद गर्दा प्रवाह गरिने कर्जाको ब्याजदर सरदर ९ देखि ११ प्रतिशतसम्म छ । वीवाईडीका लागि नेपालको आधिकारिक वितरक साइमेक्स इंकले ग्राहकको सुविधाका लागि एभरेष्ट बैंकसँग सम्झौता गरेको छ जसअनुसार, ग्राहकले ९.५ प्रतिशत व्याज तिर्नेगरी गाडी किन्न फाइनान्स सुविधा पाउँछन् । 

यस्तो ऋणको किस्ता ग्राहकले बढीमा ७ वर्षमा तिर्नुपर्छ । सोअनुसार ग्राहकले मासिक ५२ देखि ५३ हजार रुपियाँ किस्ता ब्झाउनु पर्नेछ । 

कस्तो छ वीवाईडी डल्फिन ? 
डल्फिनको विशेषताको कुरा गर्दा यसमा प्यानारोमिक सनरुफ, फ्ल्याटबटम मल्टिफङसनल स्टेयरिङ ह्विल, ५ इन्चको फुल एलसीडी इन्स्टुमेन्ट क्लस्टर, इलेक्ट्रिकल्ली एड्जस्ट गर्न मिल्ने सिट, पछाडिको यात्रुलाई आर्मरेस्ट, १२.८ इन्चको फ्लोटिङ टच स्क्रिनलगायत छन् । 

त्यसैगरी, यसमा रहेको १८५ मिलिमिटरको ग्राउण्ड क्लेयरेन्सले यसको प्रफमेन्सलाई राम्रो बनाउछ भने ह्विलबेस दुई हजार सात सय मिलिमिटर रहेका कारण घुम्ती तथा मोडहरुमा समस्या पर्दैन् । त्यस्तै, यसमा १६ इन्चको अलोय ह्विल पनि दिइएको छ । 

डल्फिनमा ४४.९ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ भने ७० किलोवाटको मोटर छ । यसले सिङ्गल चार्जमा ३५० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement