सार्वजनिक भएकै दिन केटिएम ड्यूकको नयाँ मोडल ५० वटा 'डेलिभरी'

Advertisement

काठमाडौं । केटिएम ३९० ड्यूक जेन–३ नेपाली बजारमा सार्वजनिक भएकै दिन ५० वटा डेलिभरी भएको छ । केटिएम ३९० ड्यूक जेन–३ बजारमा नआउँदै ५० जना ग्राहकले बुकिङ गरेका थिए ।
 
केटिएमका लागि नेपालको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले यसको मूल्य ८ लाख ९९ हजार ९ सय निर्धारण गरेको छ । यो मूल्य पुरानो केटिएम ३९० ड्यूकको भन्दा कम हो । 

नयाँ ३९० ड्यूक जेन–३ ले पावर, स्टाइल र इनोभेशनमा नयाँ बेञ्चमार्क स्थापना गर्दै नयाँ अपग्रेड र उत्कृष्ट फिचर्सहरुको साथ नेपाली बजारमा प्रवेश गरेको कम्पनीको दावी छ ।

Advertisement

यसमा अपग्रेडेड ३९९ सिसि सिङ्गल सिलिन्डर लिक्वीड कुल्ड इन्जिन छ, जसले ८५०० आरपिएम मा उच्चतम ४६ पिएस पावर र ६५०० आरपिएममा उच्चतम ३९ एनएमको टर्क जेनेरेट गर्छ । 

यसमा ६ स्पीड गियर बक्सको साथै स्लिपर क्लच र क्विक सिफ्टर रहेको छ जसले गर्दा बिना कठिनाई गियर बदल्न मद्दत मिल्ने कम्पनीले जनाएको छ ।

विगतका मोडलहरुको तुलनामा नयाँ ३९० ड्यूकमा ठूलो फ्युल ट्याङ्क, स्प्लीट सिट, स्टिल ट्रेलीस फ्रेम, डाइ–काष्ट आल्मुनियम सबफ्रेम, एडजस्टेबल सिट हाइट, तिनवटा राइडिङ मोड, लञ्च कन्ट्रोल, स्मार्टफोन कनेक्सन र टर्न–बाइ–टर्न न्याभिगेशन सहितको ५ इन्चको टिएफटि इन्सट्रुमेन्ट क्लस्टर, ४३ मिलिमिटरको अपसाइड–डाउन फर्कस  र अफसेट मोनो–शक, डुअल च्यानल एबिएस, कर्नरिङ एबिएस र सुपर मोटो एबिएस जस्ता विशेषताहरू समावेश गरिएको छ ।

नयाँ जेनेरेशनको केटिएम ३९० ड्यूकले नेपालका मोटरसाइकल पारखीहरुका लागि नयाँ अनुभव प्रदान गर्ने हन्सराज हुलासचन्द एण्ड कम्पनीका सहायक महाप्रबन्धक बिजय श्रेष्ठले बताए । 


 

 

Advertisement

Advertisement