शेयर बजारमा करेक्शनः नेप्से २०१७.९७ अंकमा, ३ अर्ब ७० करोडको कारोबार

Advertisement

काठमाडौं । केही दिनदेखि बढिरहेको शेयर बजारमा आज करेक्शन आएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ९.५४ अंकले घटेको हो । ०.४७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०१७.९७ अंकमा ओर्लिएको छ । 

Advertisement

समग्रमा बजार घटे पनि उत्पादनमूलक १.४० र म्युचुअल फण्ड ०.१७ प्रतिशतले बढे भने बाँकी राताम्मे भए । 

आज ३१५ कम्पनीका ८४ लाख ९० हजार ७ सय २२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७० करोड ८४ लाख ३० हजार ५५.१७ रुपियाँ बराबरको कारोबार भएको हो । 

दुई कम्पनीमा पोजेटिभ सर्किट लाग्यो । उपकार लघुवित्त र यूनिक नेपाल लघुवित्तका लगानीकर्ताहरुले १०-१० प्रतिशतले नाफा कमाए । 

त्यस्तै गुराँस लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज पिपुल्स पावरको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ११ करोड ८९ लाख ९५ हजार ३ सय ६४.९० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार ८.२६ अंकले बजार बढ्दा ३ अर्ब १५ करोड ५१ लख ४२ हजार १ सय ६८.४३ रुपियाँ, सोमबार २४.३९ अंकले बजार बढ्दा ३ अर्ब ४० करोड ८६ लाख ८ हजार १ सय ५७.९१ रुपियाँ र हिजो मंगलबार २८.६२ अंकले बजार बढ्दा  ४ अर्ब ८ करोड ८८ लाख ५३ हजार ६ सय ६४.८० रुपियाँ बराबरको कारोबार भएको थियो ।  
 

Advertisement

Advertisement