लोकप्रिय क्रिकेटर संदीप लामिछानेले पाए सफाई, अब क्रिकेट खेल्न पाउने

Advertisement

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् ।

उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउँदै सन्दीपलाई सफाइ दिएको हो । 

Advertisement

संदीप निर्दोष रहेको भन्दै उनको मुद्दा चाँडै टुंगो लगाएर खेल्न दिन ठूलो जनदबाब र प्रदर्शनहरु समेत भइरहेका थिए । उनले आफूलाई फँसाउन षडयन्त्र भएको भन्दै यसको पदौफास गर्ने पनि बताएका थिए । 

यस फैसलासँगै संदीप अमेरिकामा भइरहेको टी–ट्वान्टी विश्वकप खेलमा सहभागी हुन बाटो पनि खुलेको छ । 

Advertisement

Advertisement