लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो यूनिट्राभ

Advertisement

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स, र्याफ्टिङ एयरलाइन्स श्रमिक युनियन (यूनिट्राभ) लाङटाङ हिमाल आधार शिविर र पदमार्गको सरसफाईमा जुटेको छ । 

यूनिट्राभले जेठ ४ देखि १६ गतेसम्म पदमार्ग क्षेत्रमा कार्यरत १७ जना श्रमिकहरुको सहभागितामा लाङटाङ हिमाल क्षेत्रका पदमार्ग र आधार शिविर क्षेत्रमा सरसफाई गर्न लागेको हो ।

Advertisement

बुधबार यूनिट्राभले पत्रकार सम्मेलन गरी नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अन्तर्गतको यूनिट्राभ र नेदरल्यान्डको सहयात्री टे«ड युनियन एफएनभीसँगको सहकार्यमा लाङटाङ हिमाल जाने पदमार्ग र हिमालको आधार शिविरसम्म सरसफाई गर्न लागेको जानकारी गराएको छ । 

यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले ‘जलवायु परिवर्तनको असर कम गरौं र हिमाललाई बचाइराखौं, मानव जीवनलाई बचाइराखौं’ भन्ने सन्देशसहित सरसफाई हुन लागेको जानकारी दिए ।  अर्कोतर्फ श्रमिकहरु सामाजिक उत्तरदायित्व बहन गर्न र पर्यावरणको संरक्षणमा पनि उत्तिकै जिम्मेवार छन् भन्ने सन्देश दिन पनि सरसफाईमा जुटेको अध्यक्ष पराजुलीले बताए । यूनिट्राभले हिमाल, पदमार्ग र पर्यावरण जोगाउन सबै सँगै एकजुट भएर लाग्नुपर्ने सन्देश पनि प्रवाह गरेको छ ।

२०४० सालमा स्थापित यूनिट्राभले ‘सेभ द क्यालइमेट, सेभ द हिमालय’ भन्ने नारासहित विगत २० वर्षदेखि  सगरमाथा, अमादब्लम, मेरा पिक, मनाश्लु, लाङटाङ, अन्नपूर्ण, धौवलागिरि, गौरीशंकरसहित धेरै हिमालका आधार शिविर र पदमार्ग क्षेत्रको सरसफाइ गर्दै आएको जनाएको छ । यसैगरी २०५२ सालदेखि निरन्तर ‘स्वच्छ हावापानी स्वच्छ जीवन हाम्रो अधिकार’ भन्ने नारासहित यूनिट्राभले त्रिशूली, भोटेकोसी, फेवाताल, सालीनदीको सरसफाईका साथै बागमती बचाउ अभियानको नारा लिएर सरसफाइ गर्दै आइरहेको जानकारी गराएको छ ।  

यूनिट्राभले विभिन्न समयमा फरक–फरक स्थानमा बृक्षारोपणसहित विपदमा परेका नागरिकको उद्दार गर्ने काम पनि गर्दै आएको जनाएको छ । 

Advertisement

Advertisement