बजेटमार्फत करको नयाँ दर लागू गर्ने भन्दा पनि दायरा बढाउने अर्थमन्त्री पुनको प्रतिबद्धता

Advertisement

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नीति तथा कार्यक्रममा लेखिएका विषय बजेटमा समेटेर कार्यान्वयन गर्ने परिस्थिति बनाउने प्रतिवद्धता जनाएका छन् । 

बुधवार नेपाल उद्योग वाणिज्य महासघले आगामी आर्थिक वर्षको बजेटमा समेटिनुपर्ने विषयमा सुझाव दिन आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले यस्तो प्रतिबद्धता जनाएका हुन् । उनले नीति र कार्यक्रमलाई बजेटबाट समेट्न हरप्रयास लाग्ने पनि उल्लेख गरे । 

Advertisement

अर्थमन्त्री पुनले स्लो डाउनमा रहेको आर्थिक अवस्थालाई सरकारले चलायमान बनाउने र सबैको मनोवल उच्च बनाउने बजेट ल्याउने बताए । उनले मुलुकमा व्यवसाय र उद्यममैत्री वातावरण बनाउने नीति सरकारको रहेको बताए । व्यवसायीहरुले सम्पतीको रक्षा र सुरक्षाका विषयमा प्रश्न उठेको भन्दै निजी क्षेत्रको मनोवल कमजोर बनाउने नीति नलिने बताए । 

undefined

उनले अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार ल्याउन सकिने बताए । निजी क्षेत्र निरुत्साहित हुननहुने बताए । उनले सरकार नियमभित्र यथार्थको धरातलमा बसेर अधिकतम राम्रो बजेट ल्याउन कोसिस गर्ने बताए । अर्थमन्त्री पुनले अर्थमन्त्रीले राम्रो कोशिस गरेको भन्ने गराउने गरी बजेट आउने दाबी गरे । 

करका नीतिहरु मुलुकको उत्पादनलाई प्रोत्साहन र संरक्षण गरी आउने बताए । व्यवसायिक वातावरण बनाउने गरी कसैलाई काखा कसैलाई पाखा लगाउने काम नगर्ने बताए । शिथिल रहेका क्षेत्रलाई केही चलायमान बनाउन प्राथमिकता दिने बताए । उनले सरकार नयाँ करका दर लागू गर्ने भन्दा पनि करको दायरा बढाउने बताए । 

उनले बाहिर भइरहेको हल्ला जस्तो सरकारले भुक्तानी नै गर्न नसकेको भन्ने विषय सही नभएको बताए । उनले सरकारले निरन्तर भुक्तानी गरिरहेको भन्दै सिर्जना भइरहेको नयाँ दायित्व निरन्तर भुक्तानी भइरहेको

Advertisement

Advertisement