निजी क्षेत्रका संस्था एउटा सिक्काको दुई पाटा हुन्, सहकार्य गर्दै अघि बढ्छौंः परिसंघ/चेम्बर

Advertisement

काठमाडौँ । नेपाल उद्योग परिसंघले नेपाल चेम्बर अफ कमर्शका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई बधाई एवं परिसंघको कार्यालयमा स्वागत गरेको छ । 

नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत गर्दै परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले विगत देखिनै आर्थिक संमृद्धिका विषयमा नेपालका नीजि क्षेत्रका संस्थाहरुबीच सहकार्य हुँदै आएको सन्दर्भ उल्लेख गर्दै वर्तमान आर्थिक शिथिलताको अन्त्य गर्नका आगामी दिनमा समेत गहन सहकार्यको आवश्यकता रहेको बताए । 

Advertisement

undefined

नेपालको अर्थतन्त्र अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेकोले तत्काल समस्या समाधानका लागि पहल सुरू नगर्ने हो भने समग्र अर्थतन्त्र थप जटीलतामा फस्ने बताउँदै निकासका लागि सरकार र समग्र निजी क्षेत्र एक भएर अगाडी बढ्नु पर्ने वताए । 

सो अवसरमा चेम्बरका नवनिर्वाचित अध्यक्ष कमलेशकुमार अग्रवालले सहकार्यका लागि परिसंघको निमन्त्रणा सार्थक रहेको धारणा राख्दै नेपालका नीजि क्षेत्रका संस्थाहरु एउटा सिक्काको दुई पाटा रहेको बताए । आर्थिक मुद्दामा चेम्बर र परिसंघले सदैव सहकार्य गर्दै आएको विषय दोहोर्‍याउँदै वर्तमान परिस्थितिमा यस्तो सहकार्य थप मजबुत हुनु पर्ने बताए । 

उनले निजी क्षेत्रले उठाउने गरेका विषयहरूमा सरकारले प्रतिवद्धता जनाउने गरेको भएता पनि यस्ता विषयहरूलाई प्राथमिकतामा राखि कार्यान्वयनमा लैजानु पर्नेमा जोड दिए । यी विषयहरू कार्यान्वयनमा लैजान निजी क्षेत्र एक भएर अघि बढ्नु पर्ने वताए । 

कार्यक्रममा परिसंघका पूर्व अध्यक्ष सतिसकुमार मोर, उपाध्यक्षहरू राजबहादुर शाह, रोहित गुप्ता तथा पदाधिकारी समितिका सदस्य छाँया शर्मा परिसंघका महानिर्देशक डा. घनश्याम ओझालगायतको उपस्थिति रहेको थियो । 

Advertisement

Advertisement